Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    नदीजन्य पदार्थ उत्खननमा कडाई

    नदीजन्य पदार्थ उत्खननमा कडाई


    • शनिवार, भाद्र १३ २०७७

    • नेपाल वाइड


    नदीजन्य पदार्थ उत्खननमा कडाई

             जिल्ला अनुगमन समिति खोटाङले मापदण्ड विपरित नदीजन्य तथा खानीजन्य पदार्थ उत्खनन, संकलन र ढुवानीमा कडाइ गर्ने निर्णय गरेको छ ।

            प्रारम्भिक वाताबरणीय परिक्षण (आइईई) नगरी जिल्लाका नदी तथा खोलाबाट जथाभावी निर्माण सामग्री दोहन भइरहेको अवस्थामा जिल्ला अनुगमन समितिले जथाभाबी तरिकाले ढुंगा, गिटी र बालुवा लगायतका नदी तथा खानीजन्य पदार्थ उत्खनन, संकलन र ढुवानीमा कडाइ गर्ने निर्णय गरेको हो ।

           आगामी दिनमा जिल्लामा ढुंगा, गिटी र बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्वन्धी मापदण्ड २०७७ विपरित नदीजन्य तथा खानीजन्य पदार्थ उत्खनन, संकलन तथा ढुवानी गर्न नपाइने जिल्ला समन्वय समितिका प्रमुख एबं जिल्ला अनुगमन समितिका संयोजक बबी चाम्लिङले बताउनुभयो ।

           जिल्ला अनुगमन समितिको बैठकले मापदण्ड विपरित उत्खनन, संकलन तथा ढुवानी गरिएको ढुंगा, गिटी र बालुवा प्रहरीले नियन्त्रणमा लिएर अनुगमन समिति समक्ष बुझाउने र अनुगमन समितिले जफत गरेर आवश्यक कारबाहीको लागि पुःन प्रहरीमार्फत सम्वन्धित स्थानीय तहमा पठाउने निर्णय गरेको छ ।

            सम्वन्धित स्थानीय तहले गरेको कारबाहीको जानकारी अनुगमन समितिलाई दिनुपर्ने चाम्लिङले बताउनुभयो । ढुंगा, गिटी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्वन्धी मापदण्ड २०७७ को दफा १५ बमोजिमको कार्यविधि बनाएर पेश गर्न जिल्ला समन्वय समितिका अधिकारी राजेश गिरीको संयोजकत्वमा ५ सदस्यीय कार्यविधि तर्जुमा उपसमिति गठन गरिएको छ ।

    उपसमितिलाई १० दिनभित्र कार्यविधि तयार पार्ने कार्यआदेश दिइएको चाम्लिङले बताउनुभयो ।

    सम्बन्धित समाचार