Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङको सल्लेमा आगलागी हुदा तीन लाख बराबरको धनमाल नष्ट 

    खोटाङको सल्लेमा आगलागी हुदा तीन लाख बराबरको धनमाल नष्ट 


    • शनिवार, भाद्र १३ २०७७

    • नेपाल वाइड


    खोटाङको सल्लेमा आगलागी हुदा तीन लाख बराबरको धनमाल नष्ट 

            आगलागीमा परेको सल्ले अम्बोटेका जमसरी राईको घर । 

          खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले अम्बोटेका जमसरी राईको घरमा आगलागी भएको छ । घरमा ठूला मान्छे नभएको अवस्थामा शुक्रबार आगलागी हुँदा राईको ढुंगा, माटो र खरको छानो भएको तीन तले घर तथा घरमा भएका अन्नपात जलेर नष्ट भएको हो ।

          आगलागीमा राईको नगद १० हजार, अन्नपात, लत्ताकपडा, भाँडाकुडा लगायतका सामाग्री जल्दा करिब ३ लाख बराबरको क्षति भएको सल्लेका वडाध्यक्ष काशीराज राईले बताउनुभयाे ।

           आगो स्थानीयबासी र प्रहरीचौकी अर्खौलेबाट खटिएका प्रहरीले नियन्त्रणमा लिएका थिए । केटाकेटीले आगो खेलाउँदा घरमा आगोलागी भएको अनुमान गरिएको छ । केटाकेटीले घरमा अरिंगाल आएको र डढाउन खोज्दा आगलागी भएको जवाफ दिएको वडाध्यक्ष राईले बताउनुभयाे ।

          आगलागीबाट बिस्थापित ४ जनाको परिवारलाई वडा कार्यालयले पाल उपलव्ध गराएपछि स्थानीय नयाँ बिहानी दुधकोशी युवा क्लवले अस्थायी बसोबासको व्यवस्था मिलाएको जनाइएको छ ।

     

    सम्बन्धित समाचार