Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    स्वर्णपदक जितेकी लामगादेमाथि भएको जातीय विभेदसहितको कुटपिटमा राखेपकाे आपत्ति

    स्वर्णपदक जितेकी लामगादेमाथि भएको जातीय विभेदसहितको कुटपिटमा राखेपकाे आपत्ति


    • शुक्रवार, भाद्र १२ २०७७

    • नेपाल वाइड


    स्वर्णपदक जितेकी लामगादेमाथि  भएको जातीय विभेदसहितको कुटपिटमा राखेपकाे आपत्ति

             एथ्लेटिक्सकी कीर्तिमानी खेलाडी चन्द्रकला लामगादेमाथि भएको जातीय विभेदसहितको कुटपिटमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पनि आपत्ति जनाएको छ । 

            राखेपका उपाध्यक्ष शिव कोइरालाले आज विज्ञप्ति जारी गर्दै राष्ट्रिय कीर्तिमानी खेलाडीमाथि दलित भएका आधारमा निर्घात कुटपिट घटनाका दोषीमाथि प्रचलित कानुनबमोजिम हदैसम्मको कारबाही गर्न सम्बद्ध निकायको ध्यानाकर्षण गराएका छन् ।

          राखेप उपाध्यक्ष कोइरालाले पीडित खेलाडीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आवश्यक सहयोग राखेपबाट गरिने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । भदौ ८ गते राति झापाको मेचीनगर नगरपालिका १३, चारआलीमा दलित युवकलाई कुटपिटबाट जोगाउने क्रममा स्थानीय दुर्गा श्रेष्ठ र उनकी पत्‍नी विष्णुले जातीय विभेदयुक्त गाली गर्दै चन्द्रकला र उनका पति सुमन खातीमाथि आक्रमण गरेका थिए ।  
        
         लामगादेले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा दुई स्वर्णपदक जितेकी थिइन् । उनी नेपाल पुलिस एकेडेमीका खेलाडी पनि हुन् । उनको अहिले झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचार भइरहेको छ । -रासस

    सम्बन्धित समाचार