Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    धरान र चितवनमा चारजना कोरोना संक्रमितको मृत्यु

    धरान र चितवनमा चारजना कोरोना संक्रमितको मृत्यु


    • शुक्रवार, भाद्र १२ २०७७

    • नेपाल वाइड


    धरान र चितवनमा चारजना कोरोना संक्रमितको मृत्यु
    फायल तस्बिर

           बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एकैदिन दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र अर्का पुरुष छन् । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार उपचारका क्रममा मोरङको बेलबारी- ५ की ५६ वर्षीया महिला र झापाका ८३ वर्षीय पुरुष छन् । झापाका पुरुषलाई बीएण्डसी हस्पिटल बिर्तामोडले बीपी रिफर गरेको थियो ।

           कमल गाउंपालिकाको स्वास्थ्य शाखा प्रमुख ईन्द्र अर्यालले बिरामी भएपछि ती पुरुषलाई उपचार गर्न दमकको लाइफलाईन अस्पताल पठाइएको बताए । उनी कमल गाउँपालिका केर्खाका हुन । पुरुषमा सुगर,प्रेसर र मृगौलामा समस्या थियो । 

           भदौ ३ गते कोरोना पोजेटिभ पुष्टि भएका उनी सोही दिन वीपीमा भर्ना भएका थिए । उनको शुक्रबार  बिहान ३ बजेर ४५ मिनेटमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । 

         यस्तै, बेलबारीकी महिलालाई कोसी अस्पतालले धरान रेफर गरेको थियो । भदौ ९ गते धरान भर्ना भएकी थिइन् । उनको सोही दिन पीसीआर पोजेटिभ आएको थियो । उनको पनि बिहान ३ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । 

      यस्तै चितवनमा आज दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडाकी ७१ वर्षीया महिला र भरतपुर महानगरपालिका २, क्षेत्रपुरका ५१ वर्षीय पुरुष छन् । 

       चितवन मेडिकल कलेजमा उपचाररत हेटौंडा उपमहानगरपालिका १९ की ७१ वर्षीया महिलाको बिहान ६ बजेर ५० मिनेट जाँदा मृत्यु भएको अस्पतालले विज्ञप्ति जारी यसबारे पुष्टि गरेको हो ।

    सम्बन्धित समाचार