Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङमा कोरोना जितेका ६ जना प्रहरी डिस्चार्ज

    खोटाङमा कोरोना जितेका ६ जना प्रहरी डिस्चार्ज


    • बिहिवार, भाद्र ११ २०७७

    • नेपाल वाइड


    खोटाङमा कोरोना जितेका ६ जना प्रहरी डिस्चार्ज

            कोरोना जितेका प्रहरी जवानलाई बिदाई गर्दै प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल लगायत । तस्बिर:नेपाल वाइड

    खोटाङमा कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित ६ जना प्रहरी डिस्चार्ज भएका छन् । बिराटनगरबाट सरुवा भएर जिल्ला प्रहरी कार्यालयमा आएपछि क्वारेन्टीनमा राखिएको अवस्थामा गरिएको पिसिआर परिक्षणकाक्रममा संक्रमण पूष्टी भएपछि गत साउन ३१ गतेदेखि जिल्ला अस्पतालको आइसोसेलनमा राखिएका प्रहरी जवान बिहिबार डिस्चार्ज भएका हुन् ।

           कोरोना जितेका प्रहरी जवानलाई प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल, जिल्ला प्रहरी कार्यालयका डिएसपी नारायणप्रसाद चिमोरिया, शसस्त्र प्रहरीका डिएसपी सरोज कार्की, जिल्ला अस्पतालका प्रमुख रबिनकुमार फुयाँल र डा. शैलेस श्रेष्ठले फुल तथा खादा ओढाएर बिदाइ गरेका हुन् ।

           उनीहरुको भदौ ९ गते स्वाव संकलन गरेर परिक्षणमा पठाइएको थियो । डिस्चार्ज भएका प्रहरीलाई डेढदेखि दुई मिनेटभित्रै बिदाई गरिसकिएको थियो । उनीहरुलाई अझै हप्ता दिनसम्म क्वारेन्टीनमा राखेपछि मात्र ड्यूटीमा खटाइने डिएसपी चिमोरियाले बताउनुभयो ।

           बिराटनगरबाट गत साउन २३ गते जिल्ला प्रहरी कार्यालयमा हाजिर भएका ११ जवानमध्ये ६ जनालाई कोरोना संक्रमण पूष्टी भएको थियो । जिल्ला प्रहरी कार्यालयको क्वारेन्टीनमा सँगै राखिएका ८ जनामध्ये ६ जनालाई संक्रमण पूष्टी भएपछि बाँकी रहेका दुई जवानको पुःन पिसिआर परिक्षणकाक्रममा अर्का एक जना जवानलाई समेत संक्रमण भएको पूष्टी भएको छ । उनलाई भदौ ९ गतेदेखि आइसोलेसनमै राखिएको छ ।

    Corona negetive photo.jpg

    कोरोना जितेका प्रहरी जवानहरु जिल्ला अस्पतालबाट बाहिरिदै । तस्बिर:नेपाल वाइड

    सम्बन्धित समाचार