Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    २४ घन्टामा देशभर थप ११ जना कोरोना संक्रमितको निधन

    २४ घन्टामा देशभर थप ११ जना कोरोना संक्रमितको निधन


    • बुधवार, भाद्र १० २०७७

    • नेपाल वाइड


    २४ घन्टामा देशभर थप ११ जना कोरोना संक्रमितको निधन

            विगत २४ घन्टामा देशभर थप ११ जना कोरोना संक्रमितको निधन भएको छ । निधन हुनेमा नौ पुरुष र दुई महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

          महोत्तरी जिल्लाका ६०, ७२ र ७५ वर्षीय पुरुषको निधन भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । त्यसैगरी कैलालीका दुईजना ४५ र ५० वर्षीय पुरुषको निधन भएको छ ।

           बाराका ४१ र ४६ वर्षीय पुरुष, बाँकेका ३७ वर्षीय, काठमाडौंका ५१ वर्षीय पुरुषको निधन भएको हो । त्यसैगरी भक्तपुरकी ५३ वर्षीया महिला र मोरङकी ३७ वर्षीया महिलाको पनि निधन भएको गौतमले जानकारी दिए ।

          योसमेत नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या एक सय ७५ पुगेको छ । गौतमका अनुसार हाल कोरोना संक्रमणबाट मृत्यु हुने दर ०.५ प्रतिशत छ । 

    सम्बन्धित समाचार