Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङमा बोलेरो जीप दुर्घटना हुँदा चालक गम्भीर घाईते 

    खोटाङमा बोलेरो जीप दुर्घटना हुँदा चालक गम्भीर घाईते 


    • बुधवार, भाद्र १० २०७७

    • नेपाल वाइड


    खोटाङमा बोलेरो जीप दुर्घटना हुँदा चालक गम्भीर घाईते 

        दुर्घटनाग्रस्त बनेको बोलेरो पिकअप । तस्बिर सौजन्य:राजेश राई

          सामान बोक्ने बोलेरो जीप दुर्घटना हुँदा खोटाङमा चालक गम्भीर घाईते भएका छन् । दिक्तेलबाट काठ्माण्डौंतर्फ जाँदै गरेको को २ च १८३३ नम्बरको बोलेरो पिकअप हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको कात्तिके भन्ने स्थानमा दुर्घट्ना हुँदा चालक गम्भीर घाईते भएका हुन् ।

         घट्नास्थलबाट उद्धार गरिएका चालकको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमोरियाले बताउनुभयाे । दुर्घटनाग्रस्त बोलेरो जीपबाट उद्धार गरिएका घाईते चालकको नाम र ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

          उनलाई थप उपचारका लागि एम्बूलेन्समार्फत काठ्माण्डौं पठाउने तयारी भइरहेको डिएसपी चिमोरियाले बताउनुभयाे । हलेसीभन्दा केहीमाथिको टर्निङबाट जीप करिब ५०/६० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

    Durghatana.jpg

    दुर्घटनाग्रस्त बनेको बोलेरो पिकअप ।

    सम्बन्धित समाचार