Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    नेपाल क्रिकेट संघको साधारण सभा अनिश्चितकालका लागि स्थगित

    नेपाल क्रिकेट संघको साधारण सभा अनिश्चितकालका लागि स्थगित


    • मंगलवार, भाद्र ९ २०७७

    • नेपाल वाइड


    नेपाल क्रिकेट संघको साधारण सभा अनिश्चितकालका लागि स्थगित

                नेपाल क्रिकेट संघ (क्यान) को साधारण सभा अनिश्चितकालका लागि स्थगित भएको छ । क्यानले साधारणसभा भदौ मध्यतिर गर्ने भनिएता पनि कोरोना भाइरस (कोभिड १९) संक्रमण बढ्न थालेपछि स्थगित भएको हो । 

            क्यानले मंगलबार विज्ञप्ति जारी गर्दै कोरोना संक्रमणले गर्दा देशको धेरै स्थानमा लकडाउन रहेकोले तोकिएको समयमा साधारणसभा हुन नसक्ने भन्दै अर्को सूचना सार्वजनिक नभएसम्मका लागि स्थगत गरेको जनाएको छ ।

           यसअघि साउन ४ गतेको क्यानको कार्यसम्पादन समितिको बैठकले भदौ १५ गतेभित्रमा साधारणसभा गर्ने निर्णय गरेको थियो । यस्तै, यसअघि नै अखिल नेपाल फुटबल संघ (एन्फा)ले पनि भदौमै गर्ने भनेको साभारणसभा स्थगित गरेको थियो ।

    सम्बन्धित समाचार