Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    भोजपुरका सीमा नाका १५ दिनसम्मका लागि बन्द

    भोजपुरका सीमा नाका १५ दिनसम्मका लागि बन्द


    • मंगलवार, भाद्र ९ २०७७

    • नेपाल वाइड


    भोजपुरका सीमा नाका १५ दिनसम्मका लागि बन्द

                कोरोना भाइरस संक्रमण फैलन नदिन भन्दै भोजपुरका सीमानाका मंगलबारदेखि १५ दिनलाई बन्द गरिएको छ । छिमेकी जिल्लाहरुमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि भोजपुर प्रवेश गर्ने सबै नाका बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

             सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाहरूको बैठकले जिल्लामा रहेका साना ठूला होटल पनि बन्द गर्ने निर्णय भएको  भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुइटेलले जानकारी दिए ।

          बैठकले होल्डिङ सेन्टर व्यवस्थापन तथा लेगुवाघाटमा हेल्थ डेक्स स्थापना गर्ने निर्णय पनि गरेको छ । हेल्थ डेक्स र होल्डिङ सेन्टरलाई व्यवस्थित गर्न षडानन्द नगरपालिका र भोजपुर नगरपालिकाले ७/७ लाख व्यवस्था गर्ने भएका छन् ।

           भोजपुरको देउरालीमा रहेको क्वारेन्टिनलाई २० वेडको आइसोलेसन बनाइने भएको छ । पर्यटन सूचना केन्द्र टक्सारमा १६ वेड, जिल्ला अस्पतालमा १० वेडको र जिल्ला अस्पतालको बिरामी कुरुवा भवनमा १४ वेड क्षमताको आईसोलेशन वार्ड बनाउने पनि निर्णय गरिएको छ ।

          यसअतिरिक्त प्रत्येक पालिकाको स्वास्थ्य केन्द्रमा अक्सिजन सिलिन्डरसहित ५ वेड क्षमताको उपचार केन्द्र बनाउन सम्बन्धित स्थानीय तहसँग समन्वय गर्ने निर्णय भएको सहायक प्रजिअ लुइटेलले जानकारी दिए ।

    सम्बन्धित समाचार