Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    नेकपा सचिवालय बैठक भदौ १३ मा बस्‍ने

    नेकपा सचिवालय बैठक भदौ १३ मा बस्‍ने


    • मंगलवार, भाद्र ९ २०७७

    • नेपाल वाइड


    नेकपा सचिवालय बैठक भदौ १३ मा बस्‍ने

                      फायल तस्बिर

         विवाद समाधान गर्न गठित कार्यदलले बुझाएकाे प्रतिवेदनमाथि छलफल गर्न नेकपाले भदौ १३ गते सचिवालय बैठक बोलाएको छ । दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार भएको संवादमा पार्टी सचिवालय बैठक बोलाउने सहमति भएको हो । 

           पार्टीको आन्तरिक विवाद समाधान गर्नका लागि सुझाब दिन गठित कार्यदलको प्रतिवेदनमाथि छलफल गर्न ओली र दाहालबीच भेट भएको थियो । पार्टीका दुई अध्यक्षबीच दुई घन्टा लामो छलफल सकिएको र भदौ १३ गते ११ बजे पार्टी सचिवालयको बैठक बोलाउने सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् । 

         उनका अनुसार बैठकमा कार्यदलको प्रतिवेदनमाथि छलफल हुनेछ । यसअघि भदौ १ गते बसेको सचिवालय बैठकले कार्यदल अनुमोदन गरेको थियो । कार्यदल अनुमोदन गर्दै बैठकमा कार्यदलको प्रतिवेदन सचिवालयमा छलफल गर्ने सहमति बनेको थियो । सुरुमा ओली र दाहालले मात्र कार्यदल बनाएकोमा सचिवालयका सदस्यहरू असन्तुष्ट थिए ।

    सम्बन्धित समाचार