Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    नेकपा समर्थक कांग्रेसमा प्रवेश

    नेकपा समर्थक कांग्रेसमा प्रवेश


    • सोमवार, भाद्र ८ २०७७

    • नेपाल वाइड


    नेकपा समर्थक कांग्रेसमा प्रवेश

          खोटाङको खोटेहाङ गाउँपालिकामा नेकपा समर्थक स्थानीय कांग्रेस प्रवेश गरेका छन् । खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीमा आयोजित कार्यक्रममा नेकपा समर्थक स्थानीय कांग्रेस प्रवेश गरेका हुन् ।

          उनीहरुलाई कांग्रेस महासमिति सदस्य रबिप्रकाश राई, जिल्ला सदस्य शरणकुमार राई, क्षेत्रीय सभापति तिर्थराज भट्टराई, नेबिसंघका जिल्ला उपाध्यक्ष नइन्द्र राई लगायतले पार्टी प्रवेश गराएका हुन् ।

         कार्यक्रममा २८ जना नेकपा समर्थक कांग्रेस प्रवेश गरेको नेबिसंघका खोटेहाङ गाउँपालिका अध्यक्ष गणेश खड्काले जानकारी दिनुभयो । कार्यक्रम कांग्रेस इन्द्रेणीपोखरीका सभापति मानबहादुर बिष्टको सभापतित्वमा सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार