शुक्रवार, भाद्र ५ २०७७
नेपाल वाइड
बैठकको निर्णय सार्वजनिक गर्नुहुदै आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की
कोरोना भाइरसका संक्रमित बढीरहँदा प्रदेश १ सरकारले परीक्षणका लागि प्रदेशस्तरीय अत्याधुनिक ल्याब (प्रयोगशाला) विराटनगरमा सञ्चालनमा ल्याउने भएको छ । शुक्रबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न मन्त्रिपरिषद् बैठकले विराटनगरस्थित स्नातकोत्तर क्याम्पसको जमिन भाडामा लिएर ल्याब सञ्चालन गर्ने निर्णय गरेको हो ।
बैठकपछि सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले स्वीस सरकारको अनुदानमा प्रदेशस्तरीय अत्याधुनिक ल्याब निमार्णका लागि समाजिक विकास मन्त्रालय र क्याम्पसबीच सम्झौता भएर अनुसार प्रक्रिया अघि बढाउने निर्णय भएको जानकारी दिए ।
बैठकले वन, उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयको पर्यटन विकास आयोजना तथा जलाधार व्यवस्थापन कार्यान्वयन इकाईको म्याद एक वर्षका लागि थप गर्ने निर्णय गरेको छ ।