Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    कोशी अस्पताल कोभिड उपचार केन्द्रमा आईसियु र भेन्टिलेटर सेवा सुरु

    कोशी अस्पताल कोभिड उपचार केन्द्रमा आईसियु र भेन्टिलेटर सेवा सुरु


    • शुक्रवार, भाद्र ५ २०७७

    • नेपाल वाइड


    कोशी अस्पताल कोभिड उपचार केन्द्रमा आईसियु र भेन्टिलेटर सेवा सुरु

             प्रदेश १ सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा आईसियु र भेन्टिलेटर सेवा सुरु गरिएको छ । कोरोनाका लक्षण सहितका संक्रमितको उपचार गर्नेगरि आईसियु र भेन्टिलेटर सेवा सुरु गरिएको हाे ।

          मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा कोरोनाको लक्षण देखिएकालाई अस्पताल र सामान्य प्रकृतिका संक्रमितलाई स्थानीय तहमै उपचारको प्रवन्ध गरिएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । उनले भने ,‘लक्षण भएकालाई विराटनगर ल्याइने छ ।’ क्वारेन्टाइन र आइसोलेसन लाई व्यवस्थित गरेर मात्र कोरोना संक्रमणको निदान हुने मन्त्री घिमिरेले बताए ।

           कोशी कोभिड उपचार केन्द्रमा १० वटा आईसीयू वेड, २ वटा फिक्ड र ३ वटा पोर्टेवल सहित ५ वटा भेन्टिलेटर तयारी अवस्थामा रहेको र आइसीयूमा हाल ३ जना व्यक्तिहरु उपचाररत रहेको सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले बताए ।

          आईसीयू र भेन्टिलेटर सञ्चालनका लागि आवस्यक जनशक्ति व्यवस्थापन पहिलो दुई साताका लागि कोशी अस्पताल र कोभिड अस्पतालमा कार्यरत जनशक्तिबाट गरिएको सचिव कार्कीले बताए । उनका अनुसार थप जनशक्ति व्यवस्थापनका लागि १० जना मेडिकल अफिसर र ३० जना स्टाफ नर्सलाई क्रिटिकल केयर तालिम आईतबारबाट सञ्चालन गर्ने तयारी गरिएको छ ।

          गत चैत २१ गते देखि सञ्चालनमा ल्याईएको कोरोना उपचार केन्द्रमा वैशाख ५ गतेदेखि कोरोना संक्रमितलाई भर्ना सुरु गरिएको थियो । उपचार केन्द्रमा हाल सम्म ३ सय १५ जना भर्ना भएका छन् । भर्ना भएका मध्ये १ सय १८ महिला र १ सय ५६ पुरुष गरि २ सय ७४ जना डिस्चार्ज भएका छन् ।

       

    सम्बन्धित समाचार