Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङमा पाँच जनालाई कालाजारकाे संक्रमण देखियो

    खोटाङमा पाँच जनालाई कालाजारकाे संक्रमण देखियो


    • बिहिवार, भाद्र ४ २०७७

    • नेपाल वाइड


    खोटाङमा पाँच जनालाई कालाजारकाे संक्रमण देखियो

            खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडामा कालाजारको संक्रमण देखा परेको छ । हालसम्म बाहुनीडाँडाका पाँच स्थानीयालाई कालाजार लागेको र उपचारपछि घर फर्किसकेको स्वास्थ्यचौकी बाहुनीडाँडाका अहेव मदन पण्डितले बताउनुभयो ।

            सबैजना फरक–फरक समयमा उपचारबाट फर्किएपछि मात्र कालाजार लागेको विषयमा जानकारी भएको स्वास्थ्यचौकीले जनाएको छ ।
    आर्थिक वर्ष २०७६/०७७ मा चार जनालाई र चालु आर्थिक वर्ष एक जनालाई कालाजार भएको रेकर्ड राखिएको हलेसी तुवाचुङ नगरपालिकाका स्वास्थ्य शाखाका सह–संयोजक प्रकाश घिमिरेले बताउनुभयो ।

            तराईमा देखिने कालाजारबाट बिरामी हुनेमा १२ वर्षका बालिकादेखि ५९ वर्षका बृद्धसम्म छन् । पाँच जनामध्ये चार जनाको ओखलढुंगामा र एक जना महिलाको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको स्वास्थ्य परिक्षणकाक्रममा कालाजार भएको पूष्टी भएको जनाइएको छ ।

            यस बारेमा स्वास्थ्य कार्यालय र प्रदेशलाई पनि जानकारी गराइसकिएको नगरको स्वास्थ्य शाखाले जनाएको छ । जिल्ला अस्पताल खोटाङका मेडिकल अधिकृत डा. शैलेस श्रेष्ठले भने कालाजारको आशंकामा एक जनालाई मात्र अन्यत्र पठाइएको बताउनुभयो ।

           कालाजार लागे पछि ज्वरो आउने, मान्छे दुब्लाउदै जाने, खाना नरुच्ने, रक्त अल्पता हुने, छाला डढेकोजस्ते कालो हुने, अधिक तौल घट्ने लगायतका लक्षण देखिने गरेको छ ।

            कालाजार लागेपछि अन्यत्र जानुपर्ने वाध्यता अन्त्याका लागि प्रभावित क्षेत्रका नागरिकको हितका लागि नगरपालिकामै परिक्षण गर्ने र उपचार गर्ने व्यवस्था मिलाइनुपर्ने बाहुनीडाँडाका शिक्षक दिलीप राईले बताउनुभयो ।

    सम्बन्धित समाचार