Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    कुखुराको मासु र अण्डाबाट कोरोना सर्दैन : पशु सेवा विभागको (विज्ञप्तीसहित)

    कुखुराको मासु र अण्डाबाट कोरोना सर्दैन : पशु सेवा विभागको (विज्ञप्तीसहित)


    • बिहिवार, भाद्र ४ २०७७

    • नेपाल वाइड


    कुखुराको मासु र अण्डाबाट कोरोना सर्दैन : पशु सेवा विभागको (विज्ञप्तीसहित)

           पशु सेवा विभागले कुखुराको मासु र अण्डाबाट कोरोना भाइरस नसर्ने बताएको छ । कुखुराको मासु र अण्डाको नियमित सेवन गरेमा कोरोना भाइरसविरुद्ध लड्न सक्ने रोग प्रतिरक्षा क्षमता बढाउने भन्दै विभागले यस्ता अफवाहको पछि नलाग्न सबैमा अपिल गरेको हो ।

          केही केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा कुखुराको मासुमा कोरोना भन्ने नकारात्मक समाचारहरु प्रकाशित र प्रशारण भएको भन्दै विभागले पोल्ट्री व्यवसायमा असर गर्ने यस्ता भ्रामक समाचारको पछि नलाग्न आग्रह गरेको छ । 

        विभागले हालसम्म विश्व स्वास्थ्य संगठन र विश्व पशु स्वास्थ्य संगठनको अनुसन्धानबाट कुनै जनावर र पंक्षीबाट कोरोना सर्ने वैज्ञानिक आधार नरहेको जनाएको छ ।

    सम्बन्धित समाचार