Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    मालीमा राष्ट्रपतिलाई नियन्त्रणमा लिएका सैनिकहरूद्धारा नागरिक सरकार गठन गर्ने

    मालीमा राष्ट्रपतिलाई नियन्त्रणमा लिएका सैनिकहरूद्धारा नागरिक सरकार गठन गर्ने


    • बिहिवार, भाद्र ४ २०७७

    • नेपाल वाइड


    मालीमा राष्ट्रपतिलाई नियन्त्रणमा लिएका सैनिकहरूद्धारा नागरिक सरकार गठन गर्ने

            पश्चिम अफ्रिकी देश मालीमा सेनाले गरेको सत्तापलटको अन्तर्राष्ट्रिय स्तरबाट गरिएको निन्दामा संयुक्त राष्ट्रसङ्घ पनि जोडिएको छ । सैनिकहरूले नियन्त्रणमा लिएको केही घन्टापछि राष्ट्रपति इब्रहिम बुबाकार केयटाले राजीनामा दिएको घोषणा गरेका थिए ।

           संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को बैठकले क्षेत्रीय सङ्गठनहरूले जस्तै आवाज उठाएको छ। उसले अझै पनि सैनिक नियन्त्रणमा रहेका राष्ट्रपति केयटासहित सबै सरकारी अधिकारीहरूलाई तत्काल मुक्त गर्न र संवैधानिक व्यवस्था पुनर्स्थापित गर्न माग गरेको छ ।

           अफ्रिकी सङ्घले यसअघि मालीको सदस्यता निलम्बन गरिसकेको छ । अमेरिकार र फ्रान्सले पनि उक्त घटनाको निन्दा गरेका छन् । तर सैनिक विद्रोहमा संलग्नहरूले देशलाई थप अराजकताबाट जोगाउन कदम चालेको बताएका छन् । नागरिक सरकार गठन गर्ने र नयाँ चुनाव गराउने उनीहरूको भनाइ छ ।

           राजधानी बमाकोमा बोल्दै उनीहरूले आफूहरूले शक्ति साँच्न नचाहेको उल्लेख गर्दै नागरिक सरकार गठन गरेर शक्ति हस्तान्तरण गर्ने बताए । उनीहरूले आफूहरूका कारण राजीनामा दिन बाध्य भएका राष्ट्रपतिको कदमको स्वागत गर्दै शुक्रवार विजय र्‍यालीको आह्वान गरेका विपक्षी नेतासँग भेट गरेको वीवीसीले उल्लेख गरेको छ ।

           तर उक्त वार्तापछि यसअघि भएका सरकारविरोधी प्रदर्शनहरूको अगुवाइ गरेका एक चर्चिक धार्मिक अगुवा महमुद डिको राजनीतिबाट पछि हट्ने घोषणा गरिएको छ । केयटा राष्ट्रपतिको दोस्रो कार्यकालयको निम्ति सन् २०१८ को चुनावमा निर्वाचित भएका थिए । 

         केयटा राष्ट्रपतिको दोस्रो कार्यकालयको निम्ति सन् २०१८ को चुनावमा निर्वाचित भएका थिए तर उनले जुन महिनादेखि भ्रष्टाचार, आर्थिक अवस्था र विवादित संसदीय चुनावलाई लिएर ठूलो सडक प्रदर्शनको सामना गर्दै आएका थिए ।

    माली विश्वका गरिब देशहरूमध्ये पर्छ, जसले कैयौँ पटक सैनिक सत्तापलटको अनुभव बेहोरेको छ । 

     

    सम्बन्धित समाचार