Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत नाकामा खटिएका प्रहरीमाथि आक्रमणको प्रयास

    नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत नाकामा खटिएका प्रहरीमाथि आक्रमणको प्रयास


    • बिहिवार, भाद्र ४ २०७७

    • नेपाल वाइड


    नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत नाकामा खटिएका प्रहरीमाथि आक्रमणको प्रयास

              नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१७ इश्लामपुरमा बुधबारराति नाकामा खटिएका प्रहरीमाथि आक्रमणको प्रयास भएको छ ।

            कोरोना महामारीका बेला नेपाल–भारत आवतजावतमा पूर्ण रुपमा रोक लगाउँदै सीमा क्षेत्रमा कडाई गर्ने काम भइरहेको छ । यस्ताे बेलमा पनि लुकि छिपि सामान खरिद गर्ने बहानामा भारततर्फ गएकाहरुलाई नेपाल र सशस्त्र प्रहरीले उतै रोक्न खोजेपछि तनाव सुरु भएको थियो । करिब ३०/३५ जनाकाे टाेलीले भारतीयको सहयोगमा नेपाली सुरक्षाकर्मीमाथि आक्रमण गर्न खोजेको प्रहरीले जनाएको छ ।

            एक्कासि भारततिरबाट सयाैँकाे संख्यामा हुल आएर सीमा क्षेत्रमा खटिएका नेपाल र सशस्त्र प्रहरीमाथि आक्रमणको प्रयास गरेपछि थप मद्धतका लागि ठूलो संख्यामा परिचालन गरिएको प्रहरी टोली पुगेको र भारतीय प्रहरी पनि आइपुगेपछि आक्रमणमा उत्रन खोजेकाहरु राति ९ बजेपछि भागेको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिए ।

    हुलहुज्जत गर्दै आएको समूहलाई नेपाल प्रहरीसँग समन्वय गर्दै भारती प्रहरीले पनि लखेट्न सहयोग गरेको उनको भनाइ छ । एक ठाउँबाट अर्को ठाउँमा जाँदा होल्डिङ एरिया र क्वारेन्टाइनमा बस्नु पर्ने लगायतका प्रक्रिया पूरा गर्नु पर्ने उनले बताए ।

     

    सम्बन्धित समाचार