Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    ‘मेरो प्रतिज्ञा:मेरो प्रतिवद्धता’

    नगरपालिकामा ‘मेरो प्रतिज्ञा : मेरो प्रतिवद्धता’ कार्यक्रम

    नगरपालिकामा ‘मेरो प्रतिज्ञा : मेरो प्रतिवद्धता’ कार्यक्रम


    • मंगलवार, भाद्र २ २०७७

    • नेपाल वाइड


    नगरपालिकामा ‘मेरो प्रतिज्ञा : मेरो प्रतिवद्धता’ कार्यक्रम

                नागरिक दायित्व बोध गराउनका लागि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ‘मेरो प्रतिज्ञा:मेरो प्रतिवद्धता’ कार्यक्रम ल्याएको छ । नगरबासीलाई आफ्नो अधिकारका साथै नगरपालिकाप्रतिको दायित्व बोध गराउनका लागि नगरपालिकाले सार्वजनिक महत्वको कार्यक्रम ल्याएको जनाएको छ ।

              मंगलबार आयोजित मिट द प्रेस कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममै ‘मेरो प्रतिज्ञा : मेरो प्रतिवद्धता’ कार्यक्रमलाई समेटिएको जानकारी दिनुभयो ।

            १६ बुँदे नागरिक दायित्व पूरा गर्नका लागि नगरबासीलाई सहमत गराएर कार्यक्रम अघि बढाउन निर्देशिका तयार गरिसकिएको नगरपालिकाले जनाएको छ । ‘मेरो प्रतिज्ञा:मेरो प्रतिवद्धता’ कार्यक्रममा ‘म खाना खेर फाल्दिन, म कुनै पनि प्रकारको सामाजिक विभेद र हिंसामा संलग्न हुन्न, म मेरो जमिन बाँझो राख्दिन, म सार्वजनिक ठाउँमा धुम्रपान तथा मद्यपान गर्दिन, म सार्वजनिक सम्पत्तीको संरक्षण गर्ने छु, म खोलामा करेन्ट र विषादिको प्रयोग गर्दिन, म रासायनिक मल प्रयोग गर्दिन, अर्गानिक उत्पादनमा जोड दिन्छु, म सार्वजनिक स्थलमा बनेका घर टहरा भत्काउने छु, नक्सा पास नगरी मापदण्ड विपरित घर टहरा बनाउने छैन’ लगायतका बुँदा समावेस छन् ।

             यस्तै, ‘म श्रोतबाटै फोहोरको बर्गिकरण गरी कुहिने फोहोरलाई कम्पोष्ट प्लान्टमा पठाउने छु, म अनिवार्यरुपमा सावुन पानीले हात धोएर वा सेनीटाइजर प्रयोग गरेर मात्र सार्वजनिक ठाउँमा प्रवेश गर्ने छु, म सामाजिक दुरी कायम गरेर मात्र दैनिक गतिविधि गर्ने छु, म खुद्रा, खाद्यान्न तथा तरकारी पसलमा अनिवार्य स्थानीय उत्पादनलाई समावेश गर्ने छु, म लागूपदार्थ, दुव्र्यसनीमा फस्ने छैन, म सिष्टाचारयुक्त व्यवहार गर्ने छु, नगरपालिकाले बनाएका ऐन, कानून र आचार संहिताको पूर्णरुपमा परिपालना गर्ने छु, विकास निर्माणका लागि लगाइएका कर इमान्दार पुर्वक तिर्नेछु’ भन्ने बुँदाको पालना गर्नुपर्ने कार्यक्रममा उल्लेख छ ।

             ‘नगरपालिकाप्रति नागरिकको अपनत्व कायम गर्दै नागरिकको अधिकार मात्रै होईन कर्तव्य पनि हुन्छ भन्ने मान्यतालाई स्थापित गर्न सार्वजनिक महत्वका कार्यक्रम ल्याइएको हो,’ मेयर रिजालले भने, ‘यसका लागि कुनै बजेट चाहिन्न, इच्छाशक्ती भए पुग्छ । नगरपालिकालाई संवृद्ध, आत्मनिर्भर र सुसंस्कृत बनाउने हाम्रो लक्ष्य हो ।’ नगरपालिकाले ल्याएको महत्वकांक्षी कार्यक्रम कार्यान्वयन भने चुनौतीपूर्ण देखिएको छ ।

    सम्बन्धित समाचार