Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    कोरोना सङ्क्रमणबाट थप सातको मृत्यु, हालसम्मकै उच्च संख्या १ हजार १६ जनामा संक्रमण

    कोरोना सङ्क्रमणबाट थप सातको मृत्यु, हालसम्मकै उच्च संख्या १ हजार १६ जनामा संक्रमण


    • मंगलवार, भाद्र २ २०७७

    • नेपाल वाइड


    कोरोना सङ्क्रमणबाट थप सातको मृत्यु,  हालसम्मकै उच्च संख्या १ हजार १६ जनामा संक्रमण
    प्रतिकात्मक तस्बिर

            पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट थप सात जनाको मृत्यु भएको छ भने १ हजार १६ जनामा संक्रमण देखिएको छ । यो एकै दिन अहिलेसम्म दैनिक पुष्टि भएको सङ्क्रमितको उच्चतम सङ्ख्या हो ।

          पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट ८५ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १७ हजार ५८० जना डिस्चार्ज भएका छन् ।

             हालसम्म डिस्चार्ज हुने दर ६२ दशमलव २ प्रतिशत रहेको छ । मंगलबारसम्म देशभर सक्रिय संक्रमितको संख्या १० हजार ५६३  रहेको छ ।  पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट १३ हजार ४६१ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । ।

         हालसम्म जम्मा ५ लाख ८२ हजार ८६६ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभर दुई हजार ८८७ जना होम आइसोलेसनमा रहेका छन् । आजसम्म देशभर १३ हजार ९२६ जना क्‍वारेन्टिनमा रहेका छन् ।

         कोरोना संक्रमितको संख्या पाँच सयभन्दा बढी भएका जिल्लााहरु मोरङ, पर्सा, रौतहट, महोत्तरी र काठमाडौं रहेका छन् । संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा  र हुम्लामा संक्रमण शून्य देखिन्छ । हालसम्म ८ जना कोरोना संक्रमित भेन्टिलेटरमा छन् । उनीहरु सबै वागमती प्रदेशका हुन् ।  हालसम्म देशभर कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ । 

    सम्बन्धित समाचार