Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनीति

    न्यूनतम नैतिकता, मूल्य र मान्यतायुक्त बनाउन नसकिए नेकपामा विसर्जनको खतरा : नेता राई

    न्यूनतम नैतिकता, मूल्य र मान्यतायुक्त बनाउन नसकिए नेकपामा विसर्जनको खतरा : नेता राई


    • मंगलवार, भाद्र २ २०७७

    • नेपाल वाइड


    न्यूनतम नैतिकता, मूल्य र मान्यतायुक्त बनाउन नसकिए नेकपामा विसर्जनको खतरा : नेता राई
    फायल तस्बिर

    पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेकपाका नेता टंक राई । तस्बिर :  नेपाल वाइड

          नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का नेता टंक राईले पार्टीलाई न्यूनतम नैतिकता, मूल्य र मान्यतायुक्त बनाउन नसकिए विसर्जनको अवस्था आउने बताएका छन् ।

            सोमबार खोटाङको दिक्तेलमा प्रेस संगठनमा आवद्ध पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा नेता राईले पछिल्लो समय पार्टीभित्र पदका लागि भइरहेको लडाईले निराशाजनक अवस्था सिर्जना गरेको उल्लेख गरेका छन् ।

            हाल नेतृत्व गरिरहेका नेताका लागि पार्टीलाई ठोस सिद्धान्त र बिचार सहित समाजवादमा पुग्ने कार्यक्रम बनाउने अन्तिम मौका भएको नेता राईले औंल्याएका छन् । ‘नेकपालाई बैचारिक र सैद्धान्तिकरुपमा स्पष्ट एबं न्यूनतम नैतिकता, संस्कार संस्कृति, मूल्य मान्यतायुक्त राजनीति गर्ने पार्टीकारुपमा नउभ्याउने हो भने मुलुकले राजनैतिक निकास पाउने सम्भावना छैन । यो गर्न सकिएन भने कम्यूनिष्ट पार्टीको विसर्जन त हुँदै हो, खरानी हुन्छ,’ पुर्वसांसद समेत रहेका राईले भने, ‘अहिलेको पुस्ताको नेतृत्व गरिरहेका नेताको लागि यो अन्तिम मौका हो । नत्र सदाका लागि विसर्जन हुने खतरा छ । ईतिहासमा कलंकित मात्र होईन भावी पुस्ताले लाञ्छित गरिरहने छन् ।

            यो दोषबाट बच्नका लागि पार्टीको शुद्धिकरण, संगठन सुदृढिकरण, सिद्धान्त र बिचार सहितको कार्यक्रमको पुःनिर्माणमा लाग्न आवश्यक छ ।’

         हाल नेकपामा पुग्ने गन्तव्य र ढृड इच्छाशक्तीको अभाव देखिएको नेता राईले बताउनुभयाे ।  वहाँले पार्टीभित्रको कमजोरीले मुलुकमा आफ्नै साख गिराउने काम भएको उल्लेख गरे । ‘अहिले हाम्रो पार्टीको कमजोरीको कारणले मुलुकमा साख गिराउने काम भएको छ,’ राईले भने, ‘दुई तिहाइ सरकारको हालत त यस्तो छ अरुको के हालत होला भन्ने छाप सर्वसाधारणमा पर्दै गएको छ ।’ नेता राईले त्रि–धार्मिकस्थल हलेसीमा धार्मिक पर्यटनको विकास गर्न पहल भइरहेको जानकारी दिनुभयो ।

     

    सम्बन्धित समाचार