Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    कोरोना कहर

    खोटाङ जिल्लाभर लाग्ने हाटबजार बन्द

    खोटाङ जिल्लाभर लाग्ने हाटबजार बन्द


    • शुक्रवार, श्रावण ३० २०७७

    • नेपाल वाइड


    खोटाङ जिल्लाभर लाग्ने हाटबजार बन्द
    जिल्ला प्रशासन कार्यालय खोटाङको कार्यालय

             जिल्ला प्रशासन कार्यालय खोटाङले जिल्लाका विभिन्न ठाउँमा लाग्ने हाटबजार बन्द गर्ने निर्णय गरेको छ । लकडाउन हटाइएपछि सुरु भएको हाटबजारमा भीडभाड बढ्दा कोरोना संक्रमणको जोखिम बढेको भन्दै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकको निर्णय अनुशार प्रशासनले जिल्लाका विभिन्न स्थानमा लाग्ने हाटबजार बन्द गराउने निर्णय गरेको हो ।

            कोभिड–१९ को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अर्को व्यवस्था नभएसम्मका लागि हाटबजार बन्द गराउने निर्णय गरिएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका संयोजक एबं प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

            लकडाउनकाबेला बन्द रहेका हाटबजार लकडाउन खुलेपछि पुःन लाग्न थालेको छ । दिनानुदिन जोखिम बढिरहेको समयमा हाटबजारमा भने भिडभाड देखिन थालेपछि प्रशासनले चासो देखाएको हो ।

            जिल्लाको दिक्तेल, बाक्सिला, ऐसेलुखर्क, अर्खौले, बुईपा, मात्तिम, पञ्चमी, खोटाङबजार, चिसापानी लगायतका ठाउँमा साप्ताहिकरुपमा हाटबजार लाग्ने गरेको छ पछिल्लो समय स्वास्थ्य र सुरक्षाका न्यूनतम मापदण्ड पालना गर्न भने बेवास्ता गर्न थालिएको छ ।

            कोरोनाको संक्रमबाट बच्नका लागि विशेष सावधानी अपनाउनुपर्ने यो बेला अधिकांश क्षेत्रमा हेलचक्र्याइँ भने बढ्दो रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिका संयोजक एबं जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङले बताउनुभयो ।

             जिल्लाका धेरैजसो स्थानीय तह, कार्यालय, राजनैतिक दल, संघसंस्था लगायतले आयोजना गरेको कार्यक्रममा भीडभाड बढ्न थालेको छ । न्यूनतम दुई मिटर भौतिक दुरी कायम गर्न भनिए पनि सोको पालना हुन सकेको देखिन्न । मास्कको प्रयोगमै बेपरवाह भइरहेको छ । कतिले त प्रहरीको अगाडि देखाउनका लागि मास्क लगाउने गरेको देखिन्छ ।

          सुरक्षाका मापदण्ड पालना नगरी हिँडडुल गरेको वा अनावश्यक भिडभाड गरेको पाइएमा नियन्त्रणमा लिएर संक्रमण रोग ऐन २०२० अनुशार कारबाही गर्ने व्यवस्था छ । तर, लकडाउन हटेपछि हाल हरेक क्षेत्रमा क्रमशः भीडभाड बढ्दो रहेको देखिएको छ ।

    Notice.jpg

    जिल्ला प्रशासन कार्यालय खोटाङद्धारा जारी सुचना

    सम्बन्धित समाचार