Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    सिन्धुपाल्चोक पहिराे

    सिन्धुपाल्चोक पहिराे अपडेट : तीन शव फेला पर्‍याे, ३७ बेपत्ताको पहिचान खुल्यो (नामसहित)

    सिन्धुपाल्चोक पहिराे अपडेट : तीन शव फेला पर्‍याे, ३७ बेपत्ताको पहिचान खुल्यो (नामसहित)


    • शुक्रवार, श्रावण ३० २०७७

    • नेपाल वाइड


    सिन्धुपाल्चोक पहिराे अपडेट : तीन शव फेला पर्‍याे,  ३७ बेपत्ताको पहिचान खुल्यो (नामसहित)

               सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिदीमा पहिरोमा परि गाँउ नै बगाउँदा ३७ जना सम्पर्कविहीन भएका छन् । तीनजनाको शव निकालिएको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

            उहाँकाअनुसार ५ जनालाई भने उद्धार गरेर उपचारको लागि सदरमुकाम चौतारा पुर्याइएको छ । नेपाली सेना र स्थानीयले शव निकालेका हुन् । शवको पहिचान भने खुलेको छैन । पहिरोले पुरेर हराइरहेका ३७ जनाको पहिचान खुलेको छ ।  

    Sindupalchok Pahiro 1.jpg

           गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले दिएको जानकारीअनुसार बेपत्ता हुने एउटै टोलका बासिन्दा हुन् । ‘३५ घरधुरीका ३७ बेपत्ताको पहिचान खुलेको छ,’ उनले भने । पुरिएर बेपत्ता हुनेमा मानबहादुर दोङ, जयबहादुर दोङ, प्रिया दोङ, कान्छो दोङ, सानोकान्छी दोङ, प्रिती दोङ, वाङ्छोलामो दोङ, धनमाया तामाङ, रेनिस दोङ, भेउमाया दोङ, मिलन दोङ, विमला दोङ, माइला दोङ, प्रकाश दोङ, साइँली दोङ, आयुष दोङ, सुभाष तामाङ, छविलाल दोङ, सोमरानी दोङ, धनलक्ष्मी दोङ र सिरमाया दोङ छन् ।

           त्यसैगरी बिबिरानी तामाङ, बिबिलक्ष्मी तामाङ, सानुकान्छा दोङ, साङ्लोमो दोङ, सोनाम दोङ, हिरा कामी, जिते कामी, सानोकान्छी दोङ, दिन्दुस दोङ, सुरज दोङ, सुमन दोङ, करिष्मा दोङ, च्यामा दोङ, साङदोङ तामाङ, देउमाई दोङ र छिरिङ दोङ रहेका छन् । पुरिएकाको संख्या अझै यकिन हुन सकेको छैन ।

    Sindupalchok Pahiro 3.jpg

     अहिले उद्धार र खोजीको काम चलिरहेको उहाँले बताउनुभयो । 

    Sindupalchok Pahiro 5.jpg

    प्रभावित क्षेत्रमा सभामुख अग्नि सापकोटासहितको टोली पनि पुगेको छ । यस्तै जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट पनि प्रहरीको टोली घटनास्थल गइरहेको छ ।

    Sindupalchok Pahiro 4.jpg

    सम्बन्धित समाचार