Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    कोरोना संक्रमणबाट आज थप चारजनासहित हालसम्म संक्रमणबाट ९५ जनाको मृत्यु

    कोरोना संक्रमणबाट आज थप चारजनासहित हालसम्म संक्रमणबाट ९५ जनाको मृत्यु


    • बिहिवार, श्रावण २९ २०७७

    • नेपाल वाइड


    कोरोना संक्रमणबाट आज थप चारजनासहित हालसम्म संक्रमणबाट ९५ जनाको मृत्यु
    फायल तस्बिर

              कोरोना संक्रमित भएका थप चारजनाको निधन भएको छ । पछिल्लो २४ घन्टामा थप चारजनाको निधन भएसँगै हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या ९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

            मन्त्रालयका अनुसार महोत्तरीको मटिहानी नपा ६ का ४५ वर्षीय पुरुषको २५ साउनमा रामजानकी अस्पतालमा मृत्यु भएको हो । उनी क्षयरोग र मधुमेहका बिरामी भएको मन्त्रालयले जनाएको छ ।

             त्यस्तै धनुषा जिल्ला मिथिला नगरपालिका– ७ ढल्केबरका ८५ वर्षीया महिलाको २८ साउनमा बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । अछाम जिल्ला रामारोसन गाउँपालिका– ५ का १८ वर्षीय पुरुषको २८ साउनमा पाटन अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । गौतमका अनुसार उनी मुटुरोगी थिए ।

    त्यसैगरी मोरङ जिल्ला विराटनगर महानगरपालिका– ३ का ५७ वर्षीय पुरुषको पनि २८ साउनमा मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

    सम्बन्धित समाचार