Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    कोरोना भाइरसका कारण भुटानमा पहिलो पटक देशभर लकडाउन घोषणा

    कोरोना भाइरसका कारण भुटानमा पहिलो पटक देशभर लकडाउन घोषणा


    • बिहिवार, श्रावण २९ २०७७

    • नेपाल वाइड


    कोरोना भाइरसका कारण भुटानमा पहिलो पटक देशभर लकडाउन घोषणा
    फायल तस्बिर

             कोरोना भाइरसको जोखिम बढ्दै गएपछि भुटानले पहिलो पटक देशभर लकडाउन घोषणा गरेको छ । क्वरेण्टीनबाट डिस्चार्ज भएकी २७ वर्षीया युवतीमा कोरोना भाइरसकाे सङ्क्रमण पाइएपछि भुटानमा लकडाउन घोषणा गरिएको हो ।

              कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि कुवेतबाट फर्किएकी ती युवतीलाई क्वरेण्टीनबाट डिस्चार्ज गरिएको थियो । तर सोमबार गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि लकडाउन गरेको भुटानको सरकारले जनाएको छ ।

           राजधानी क्षेत्रमा सङ्क्रमणकाे दर तीव्र गतिमा फैलिन सक्ने भन्दै लकडाउनलाई विकल्पकाे रुपमा लिइएकाे स्थानीय प्रशासनले जनाएकाे छ । झण्डै साढे सात लाख जनसङ्ख्या रहेको भुटानका धेरैजसो नागरिक बुद्ध धर्ममा आस्था राख्छन् ।

            दक्षिण एसियाली राष्ट्रमध्ये भुटान कोरोनाबाट सबैभन्दा कम प्रभावित देश हो । त्यहाँ अहिलेसम्म एक सय १३ जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । 

    सम्बन्धित समाचार