बिहिवार, श्रावण २९ २०७७
नेपाल वाइड
इटहरीमा विहिबार १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विभिन्न वडाका १३ जनाको रिपोर्ट पोजेटिभ आएको इटहरी अस्पतालका इमर्जेन्सी इन्चार्ज रामकुमार धमलाले जानकारी दिए ।
उनका अनुसार २५ गते वीपी प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएको हो । १० जना पुरुष र तीन जना महिलामा कोरोना पुष्टि भएको बताइएकाे छ ।
उनीहरु कुन कुन वडाका रहेको भन्नेबारे खुल्न बाँकी रहेको छ । योसँगै इटहरीमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ ।