Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    चिकित्सक र नर्सलाई कोरोना संक्रमण

    टिचिङ अस्पतालको आकस्मिक कक्ष सिल

    टिचिङ अस्पतालको आकस्मिक कक्ष सिल


    • बिहिवार, श्रावण २९ २०७७

    • नेपाल वाइड


    टिचिङ अस्पतालको आकस्मिक कक्ष सिल

              त्रिवि शिक्षण अस्पताल (टिचिङ) को आकस्मिक कक्षमा कार्यरत दुईजना मेडिकल अफिसरलाई कोरोना संक्रमण देखिएपछि आकस्मिक कक्ष सिल गरिएको छ । उनीहरुमा बुधबार आएको रिपोर्टमा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ ।

             अस्पतालका कोभिड १९  संयोजक डा. सन्तकुमार दासले आकस्मिक कक्षका मेडिकल अफिसरलाई कोरोना देखिएपछि उक्त वार्ड सिल गरिएको जानकारी दिए । 

            उनका अनुसार थप अन्य आकस्मिक वार्डका अन्य कर्मचारीहरुको (आज) नमुना संकलन गरिनेछ । उनीहरुको रिपोर्ट आएपछि मात्र आकस्मिक वार्ड नियमित गरिने उनले बताए । हालसम्म अस्पतालको मेडिसिन वार्डमा कार्यरत चारजना नर्समा पनि संक्रमण देखिएको थियो ।

    सम्बन्धित समाचार