Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    फुटबल खेलाडीको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ

    फुटबल खेलाडीको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ


    • बुधवार, श्रावण २८ २०७७

    • नेपाल वाइड


    फुटबल खेलाडीको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ

             अखिल नेपाल फुटबल संघ (एन्फा) को पहलमा सोमबार कोरोना (पीसीआर) परीक्षण भएका खेलाडीको रिपोर्ट नेगेटिभ आएको छ । पाटन अस्पतालमा सोमबार स्वाब संकलन गरेका ११ खेलाडीसहित २५ जनाको रिपोर्ट नेगेटिभ आएको एन्फाले जनाएको छ । 

            भदौ १ गतेबाट प्रशिक्षण सुरु गर्ने तयारीसहित अघि बढेको एन्फाले केही खेलाडीको पीसीआर टेस्ट सोमाबार गरेको थियो भने केहीले मंगलबार गरिएको थियो । बाँकी खेलाडीको र पदाधिकारीको रिपोर्ट भने आउन बाँकी छ । 

            फिफा र एएफसीको खेल तालिकाअनुसार एन्फाले भदौ १ गतेबाट बन्द प्रशिक्षण सुरु गर्ने भनिए पनि अन्त्यमा आएर स्थगित भएको छ । एएफसीले मंगलबार अक्टोबर र नोभेम्बर २०२० मा आयोजना हुने छनोटका बाँकी खेल २०२१ सम्मका लागि स्थगित गरेपछि एन्फाले पनि बन्द प्रशिक्षण स्थगित गरेको थियो ।

            सोमबार कोरोना परिक्षण गर्ने खेलाडीमा विशाल राई, रञ्जित धिमाल, मिक्चेन तामाङ, रवि पासवान, दर्शन गुरुङ, विमल राना, दीप कार्की, दिलेन लोक्तान, छिरिङ गुरुङ, देवेन्द्र तामाङ र पुजन उपरकोटी थिए । त्यस्तै अन्य १४ जनाले पनि पीसीआर परीक्षण गरेका थिए ।

    सम्बन्धित समाचार