Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    सुसाइड नोट लेखेर विष सेवन गरेकी बैंककी महिला कर्मचारीकाे उपचारका क्रममा मृत्यु

    सुसाइड नोट लेखेर विष सेवन गरेकी बैंककी महिला कर्मचारीकाे उपचारका क्रममा मृत्यु


    • बुधवार, श्रावण २८ २०७७

    • नेपाल वाइड


    सुसाइड नोट लेखेर विष सेवन गरेकी बैंककी महिला कर्मचारीकाे उपचारका क्रममा मृत्यु

            ‘सुसाइड नोट’ लेखेर विषादी सेवन गरेकी सनराइज बैंक शाखा कार्यालय विराटनगरमा कार्यरत एक महिला कर्मचारीको मृत्यु भएको छ । मुसा मार्ने प्रयोग गरिने विषादी सेवन गरेकी वरिष्ठ सहायक अधिकृत पदमा कार्यरत विराटनगर महानगरपालिका–८ सहयोगी टोलकी ३० वर्षीया सनाज खतिवडाको बुधबार दिउँसो मृत्यु हो ।

           मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले विष सेवन गरेर घाइते अवस्थामा भेटिएकी उनको उपचारका क्रममा दिउँसो १२ः३० बजेतिर नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको जानकारी दिए । 

            बैंकको कार्यालयको शौचालयभित्रै उनलाई अचेत अवस्थामा फेला पारेर उपचारका लागि लगिएको थियो । घटनास्थलमा विषादीको बट्टा र ब्लेड पनि भेटिएको छ । उनले ब्लेडले आफ्नो बायाँ हात पनि काटेको पाइएको डीएसपी राईले बताए । ब्लेडले हात काटेपछि कार्यालयमा रहेको मुसा मार्ने औषधि सेवन गरेको हुन सक्ने प्रहरीको भनाइ छ ।

           ब्लेडले हात काट्नु र विषादी सेवन गर्नुअघि उनले लेखेको ‘सुसाइड नोट’ प्रहरीले फेला पारेको छ । बाबु र आमालाई सम्बोधन गरेर लेखिएको नोटमा आफ्नै कारणले मरेको र यस घटनामा कसैलाई पनि दोष नदिन भनिएको राईले बताए ।

            मृतक युवतीले बैंकमा आफ्ना बाबुको नाममा २० लाख रुपैयाँ जम्मा गरिदिएको र विभिन्न बैंक तथा वित्तिय संस्थामा आफ्नो शेयर रहेको नोटमा उल्लेख गरेको जानकारी राईले दिए ।

     शव पोस्टमार्टमका लागि कोशी अस्पताल लगेर घटनाको बाँकी अनुसन्धान सुरु गरिएको जानकारी उनले दिए ।

    सम्बन्धित समाचार