Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु

    कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु


    • बुधवार, श्रावण २८ २०७७

    • नेपाल वाइड


    कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु

             नोभेल कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा धनुषाका २ जना, काठमाडौं, धादिङ, सप्तरी, मोरङ, कपिलवस्तु र बाराका एक-एकजना  रहेका छन् । 

              मृत्यु हुनेमा काठमाडौं महानगरपालिका-१२ टेकु निवासी ७८ वर्षीया महिलाको साउन २८ गते  १:०५ बजे किष्ट मेडिलकल कलेज शिक्षण अस्तपालमा मृत्यु भएको छ । धादिङका ३२ वर्षीय पुरुषको साउन २७ गते ह्याम्स अस्पतालमा मृत्यु भएको छ ।

             धनुषाको जनपुर उपमहानगरपालिका-१ का  ७१ वर्षीय पुरुषको साउन २८ गते ललितपुरको मेडिसिटी अस्पतालमा मृत्यु भएको छ । धनषाकै जनकपुर उपमहानपालिका-८ का ३८ वर्षीया महिला साउन २८ गते १:०५ बजे पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्तपतालमा मृत्यु भएको छ । सप्तरीको राजविराज -६  ७२ वर्षीय पुरुषको साउन २७ गते राति मृत्यु भएको छ ।  

            मोरङ बुढीगंगा गाउँपालिकाका ५५ वर्षीय  पुरुषको साउन २८ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ ।कपिलवस्तु कपिलवस्तु नगरपालिका -२ तौलिहवाका ४२ वर्षीय पुरुषको साउन २८ गते बुटवल कोभिड-१९ विशेष अस्पतालमा मृत्यु भएको छ ।

            बाराको कलैया उपमहानगरपालिकाका ७५ वर्षीय पुरुषको साउन २७ गते किष्ट डिलकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । हालसम्म देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेमो संख्या ९१ पुगेको छ । 

    सम्बन्धित समाचार