मंगलवार, श्रावण २७ २०७७
नेपाल वाइड
नेपाल विद्यार्थी संघका नेता नइन्द्र राईले बीपी कोइराला युवा नेतृत्व विकास मञ्च खोटाङको अध्यक्षको जिम्मेवारी पाएका छन् । हाल नेपाल विद्यार्थी संघ खोटाङको उपाध्यक्ष रहेका राईले बीपी कोइराला युवा नेतृत्व विकास मञ्चको जिल्ला अध्यक्षको जिम्मेवारी पाएका हुन् ।
बीपी कोईरालाको लोकतान्त्रिक समाजवादप्रति आस्था राख्ने तरुण विद्यार्थीको नेतृत्व तथा व्यक्तित्व विकासका लागि स्थापना गरिएको मञ्चको जिम्मेवारी पाउने २६ जनामध्येमा राई एक हुन् ।
इतिहासको कालखण्डमा विपी कोइरालाबाट व्यक्त विचार, प्रतिपादिन नीति र राष्ट्र निर्माणका लागि गरेको मार्ग निर्देशन तथा विचारलाई जीवन सापेक्षतामा गतिशील ढंगले बुझ्ने, विश्लेषण गर्ने र भावी पीढीको सपनासँग एकाकार गर्ने दायित्व निर्वाहका लागि जिम्मेवारी दिएको मञ्चको विज्ञाप्तीमा उल्लेख छ ।
लोकतन्त्रमा विश्वास राख्ने, लोकतन्त्रमा आफ्नो भविष्ट खोज्ने र लोकतन्त्रमै सम्मुन्नत नेपालको सपना देख्ने युवाको नेतृत्व एवं व्यक्तित्व विकासका लागि विपी कोइराला युवा नेतृत्व विकास मञ्चले एकैसाथ २६ जिल्लामा नेतृत्व चयन गरेको हो ।
भोजपुरबाट मनोज खनाल, ओखलढुङ्गाबाट सुरेश ढुंगेल, सप्तरीबाट कन्हैया देव, सिरहाबाट मुकेश महतो, सर्लाहीबाट मनोज बख्रेल, रौतहटबाट अधिकार लामिछाने लगायतले मञ्चको अध्यक्षको जिम्मेवारी पाएका छन् ।