Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    चितवन मेडिकल कलेजमा एक महिलाले ५ किलो ५० ग्राम तौलको बच्चा जन्माईन्

    चितवन मेडिकल कलेजमा एक महिलाले ५ किलो ५० ग्राम तौलको बच्चा जन्माईन्


    • सोमवार, श्रावण २६ २०७७

    • नेपाल वाइड


    चितवन मेडिकल कलेजमा एक महिलाले ५ किलो ५० ग्राम तौलको बच्चा जन्माईन्

          भरतपुरको चितवन मेडिकल कलेजमा एक महिलाले ५ किलो ५० ग्राम तौलको बच्चालाई जन्म दिएकी छन । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ शिखरपानीकी ३० वर्षीया सिता लोप्चनले ५ किलो ५० ग्राम तौलको बच्चालाई जन्माएकी हुन ।

         सोमबार विहान करिब ९ बजे शल्यक्रियामार्फत बच्चा (छोरी) लाई जन्म दिएको अस्पतालका स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. वसन्त शर्माले जानकारी दिए ।

           आइतबार स्वास्थ्य जाँचका लागि अस्पताल आइपुगेकी लोप्चान तत्कालै भिडियो एक्स–रे गर्दा बच्चाको तौल साढे ४ किलोभन्दा बढी देखिएपछि चिकित्सकहरुले शल्यक्रिया गर्नुपर्ने निर्णय गरेका थिए ।

          डा. वन्दना खनाल, डा. प्रेक्षा सिंह र डा. रेनुका ताम्राकारसहितको टोलीले शल्यक्रिया गरेको थियो । डा. शर्माका अनुसार भिडियो एक्स–रे गर्दा साढे ४ किलो भन्दा बढी तौलको बच्चा देखिए शल्यक्रिया गर्नुपर्ने अन्तर्राष्ट्रिय मान्यता छ ।

          आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको बताईएको छ । तेस्रो सन्तानको जन्म दिएकी सिताको पहिलो बच्चा ११ वर्षका छन । उनी जन्मिदा ४ किलो १ सय ग्रामका थिए । दोस्रो बच्चा ४ किलो ९ सय ग्रामको जन्मि ए। अघिल्ला दुवै बच्चा अपरेशन नगरी जन्मिएका थिए ।

    सम्बन्धित समाचार