Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ

    दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ


    • शनिवार, श्रावण १७ २०७७

    • नेपाल वाइड


    दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ

             दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले अधिकृत कृष्णकान्त उपाध्यायलाई पक्राउ गरेको हो ।

            उपाध्यायलाई १ लाख २४ हजार ७५० रुपैयाँ नगद र फिक्स डिपोजिट तथा बैंक डिपोजिट सहित १३ लाख २४ हजार ४६ गरी कूल १४ लाख ४८ हजार ७९६ रुपैयाँ बराबरको रकम सहित पक्राउ गरेको हो ।

           उपाध्यायको साथबाट स्रोत नखुलेको अस्वाभाविक रकम साथमा लिएर हिँडेको सुराकीको आधारमा अख्तियारको टोलीले काठमाडौंको नागढुंगाबाट नियन्त्रणमा लिएको हो ।

    उपाध्यय माथी अख्तियारले अनुसन्धान थालेको जनाएको छ ।

     

    सम्बन्धित समाचार