Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    गृह मन्त्रालयको प्रेस विज्ञप्ति सहित

    काठमाडौं उपत्यकाका सबै नाका साँझ ७ देखि बिहान ७ बजेसम्म बन्द हुने

    काठमाडौं उपत्यकाका सबै नाका साँझ ७ देखि बिहान ७ बजेसम्म बन्द हुने


    • बिहिवार, श्रावण १५ २०७७

    • नेपाल वाइड


    काठमाडौं उपत्यकाका सबै नाका साँझ ७ देखि बिहान ७ बजेसम्म बन्द हुने
    फायल तस्बिर

              काठमाडौं प्रवेश गर्ने नाका कोरोना संक्रमण जाँच गर्दा ठूलो संख्यामा यात्रुहरुलाई कोरोना संक्रमण भएको पाइएकोले साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म काठमाडौं प्रवेशमा रोक लगाइएको छ । 

             गृहमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै बिहीबार काठमाडौं प्रवेश गर्ने नाकाहरुमा हुने आवागमनमा पूर्ण निगरानी साथ जाँचको आवश्यक व्यवस्था मिलाउने र अर्को आदेश नभएसम्मका लागि बिहीबार देखि नै लागु हुने गरी साँझ ७ बजेदर्खि बिहान ७ बजेसम्म काठमाडौं उपत्यका प्रवेश नाकामा यात्रुहरुको आवागमनमा पूर्ण रोक लगाउने जनाइएको छ । 

             काठमाडौं उपत्यका बाहेकका जिल्लामा पनि अत्यावश्यक कामबाहेक अन्तरजिल्ला सवारी आवागमन  पास जारी नगर्न र बिना पास अन्तर जिल्ला आवागमन पूर्णरुपमा बन्द गर्न समेत निर्देशन जारी गरिएको छ । 

    Griha Bigyapti.jpg

    गृह मन्त्रालयको प्रेस विज्ञप्ति

    सम्बन्धित समाचार