बिहिवार, श्रावण १५ २०७७
नेपाल वाइड
नेकपाका नेता एबम् प्रदेश सभा सदस्य राजन राई
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवादलाई शब्दद्धारा सांकेतिक खबरदारी गर्नुहदै नेकपाका नेता एबम् प्रदेश सभा सदस्य राजन राई
पानी बाराबार छ पार्टीमा
दागा धराधर छ पार्टीमा
अपच भोकि फापेन दुई तिहाई
आफै मारामार छ पार्टीमा
उन्नतिका सिङै आकाश खुल्नु पर्ने बेला
जनताका ओंठमा मुस्कान फुल्नु पर्ने बेला
गाँड कोराकोर छ पार्टीमा
भन्डा फोराफोर छ पार्टीमा
जनताको माग छ एकताको
मान्छे चोराचोर छ पार्टीमा
देशका निम्ति बेहिसाब सपुतहरु मरे
सहिदका सपनाहरु ऐठनमा छन अहिले
गाली गरागर छ पार्टीमा
आँखा तरातर छ पार्टीमा
पराईको गिद्धे नजर परेको यो बेला
अहिले मारामार छ पार्टीमा