Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    पौडेल समूहद्धारा देउवाले एकलौटी गरेको भन्दै असन्तुष्टि

    पौडेल समूहद्धारा देउवाले एकलौटी गरेको भन्दै असन्तुष्टि


    • बिहिवार, श्रावण १५ २०७७

    • नेपाल वाइड


    पौडेल समूहद्धारा देउवाले एकलौटी गरेको भन्दै असन्तुष्टि

            नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवाले पार्टीमा एकलौटी निर्णय गरेको भन्दै सार्वजनिकरुपमा असन्तुष्टि जनाएको छ । पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै पौडेल समूहले सभापति देउवाले पद र प्रलोभन बाँडेर विधान र पार्टीको निर्वाचन आचार संहिताविपरीत कार्यकाल केन्द्रमा पेस गरेको भन्दै आपत्ति जनाएको छ । 

            नेता पौडेल र महामन्त्री डा. शशांक कोइरालाले सभापति देउवालाई लेखेको पत्रमा भनिएको छ, “पार्टीमा दशकौंदेखि रगत–पसिना भिजाएका साथीहरुलाई वडा, क्षेत्र र जिल्लामै बहिस्कृत गराउने वा उहाँहरुको मनोवल गिराउने, पार्टी जीवन तहसनहस वा तेजोबोध गर्ने खालका अन्यायपूर्ण काम किमार्थ हुनु हुँदैन ।” पत्रकार सम्मेलनमा पौडेलले सभापति देउवाले जति गल्ती गर्दै जान्छन् त्यति नै सशक्त दबाब बढाउँदै लगिने बताएका छन् । “हामीले यो मुद्दा महाधिवेशनसम्म लैजान्छौं,” उनले भने, “सभापति देउवाले जति गल्ती गर्दै जान्छन् हामी त्यतिनै सशक्त दबाब बढाउँदै जान्छौं ।

    महाधिवेशनपछि कांग्रेसमा कुनै गुट हुँदैन । १४ औं महाधिवेशनले गुटको अन्त्य गर्छ ।” उनले १४ औं महाधिवेशनमा पत्रकार सम्मेलन गरेरै आफूहरुले उमेदवारी घोषणा गर्ने बताए । 

    सम्बन्धित समाचार