बिहिवार, श्रावण १५ २०७७
नेपाल वाइड
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले कम्युनिष्ट र समाजवादीहरुबाट खतरा उत्पन्न भएको बताएका छन् । उनले कम्युनिस्टको खतरा हटाउन संसारभरका दक्षिणपन्थी र परम्परावादी शक्तिहरुको सञ्जाल र शक्ति बढाउनुपर्ने बताएका छन्
अन्तर्राष्ट्रिय प्रजातान्त्रिक युनियनको कार्यकारी बैठकमा बोल्दै यस्तो बताएका हुन् । ‘मेरो विचारमा मध्य–दक्षिणपन्थीहरुको हाम्रो विश्वव्यापी गठबन्धनसामु विशाल संभावना छ,’ उनले भनेका छन्, ‘विखण्डन र छिटोछिटो परिवर्तन भइरहेको अहिलेको विश्वमा हामीसामु आफ्नो संगठनलाई अझ विस्तार गर्ने, संसारभरका अझै धेरै परम्परावादीहरुबीच सञ्जालसँग सहकार्य गर्नुपर्छ,’ थापाले भनेका छन् ।