Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    नेपाल क्रिकेट संघ (क्यान) द्धारा खेलाडीको पीसीआर परीक्षणकाे लागि प्रस्ताव

    नेपाल क्रिकेट संघ (क्यान) द्धारा खेलाडीको पीसीआर परीक्षणकाे लागि प्रस्ताव


    • बिहिवार, श्रावण १५ २०७७

    • नेपाल वाइड


    नेपाल क्रिकेट संघ (क्यान) द्धारा खेलाडीको पीसीआर परीक्षणकाे लागि प्रस्ताव

                नेपाल क्रिकेट संघ (क्यान) ले आफ्ना सबै खेलाडीको पीसीआर परीक्षणका लागि स्वास्थ्य मन्त्रालयमा प्रस्ताव गरेको छ । प्रशिक्षण सुरु गर्नुअघि सबै खेलाडीको कोरोना परीक्षणका लागि मन्त्रालयमा प्रस्ताव गरेको क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए । 

            उनले पीसीआर परीक्षणका लागि मन्त्रालयमा बुधबार प्रस्ताव गरेको बताए । तर, कुन दिन परीक्षण गर्ने भन्ने विषयमा कुनै प्रतिक्रिया नआएको क्यान सचिव प्याकुरेलले जानकारी दिए । “सरकारले भदौ १ गतेबाट प्रशिक्षण सुरु गर्न अनुमति दिने भनेको छ ।

           हामी अहिले त्यसैको तयारीमा छौ,” क्यानका सचिव प्याकुरेलले भने, “यस्तो महामारीको समयमा खेलाडी कोही कतै, कोही कतै पुगेका छन् । त्यसैले पनि उनीहरूको पीसीआर परीक्षण आवश्यक भएको हो । हामीले खेलाडीको पीसीआर परिक्षणपछि मात्रै प्रशिक्षण सुरु गर्ने निर्णय गरेका छौ ।”

           उनले परीक्षणपछि नतिजा नेगेटिभ आए खेलाडीले क्वारेन्टिनमा बस्न नपर्ने बताए । त्यसका लागि पहिले नै पीसीआर परीक्षणको पहल गरेको उनको भनाइ छ । क्यान सचिव प्याकुरेलले उपत्यकाबाहिर रहेका प्रायः खेलाडी आइसकेको जानकारी दिए । “प्रायः खेलाडी उपत्यका भित्रिइसक्नुभएको छ । आउन बाँकी दुई–चारजना मात्र हुनुहुन्छ । उहाँहरू पनि सबै विषयको व्यवस्था भएपछि काठमाडौं आइपुग्नुहुन्छ” उनले भने ।

          खेलाडीको प्रशिक्षण सुरु गर्न एक साता पहिले पीसीआर परीक्षणका लागि सबैलाई डाक्ने तयारी भएको उनले बताए । हाल होटेलको व्यवस्थापन गर्न नसकेका कारण सबै खेलाडीलाई अगाडि नै बोलाउन नसकेको बताए । 

          नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियामा त्रिकोणात्मक सिरिज खेल्न सक्ने सम्भावना बढेको छ । उक्त सिरिज सेप्टेम्बरमा आयोजनाका लागि नामिबियाले नेपाललाई प्रस्ताव गरेको जनाइएको छ । त्यसका लागि पनि क्यानले अध्ययन गरिरहेको छ

    सम्बन्धित समाचार