बुधवार, श्रावण १४ २०७७
नेपाल वाइड
नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले त्रिवि क्रिकेट मैदानमा कार्यरत कर्मचारीलाई एक लाख सहयोग गरेका छन् । बुधबार त्रिवि मैदानमा एक पत्रकार सम्मेलन गर्नै सन्दीपले क्यारेवियन प्रिमियर लिग (सीपीएल) खेल्न जानुअघि मैदानका कर्मचारीलाई आर्थिक सहयोग गरेका हुन् ।
उनले कोरोना भाइरसका कारण मैदानका कर्मचारीलाई समस्या परेको बताउँदै आर्थिक सहयोग गरेका हुन् । उनले अन्य दिनमा सहयोगी हातहरु थपिँदै गए पनि आफ्नो तर्फबाट आफूले सक्ने सहयोग गर्न चाहेको बताए ।
त्यस्तै सन्दीपले सीपीएल खेल्न निकै नै उत्साहित भएको बताएका छन् । लामो समय मैदान बाहिर रहेकोले लयमा फर्किन यसले ठूलो भूमिका खेल्ने उनको धारणा छ । उनी प्रतियोगिताका लागि बिहीबार त्यसतर्फ प्रस्थान गर्नेछन् ।
उनी आइतबार मात्र 'वेस्ट इन्डिज' पुग्नेछन् । यस वर्षको सीपीएल अगस्त १८ बाट हुँदै छ । ट्रिनिडाड एन्ड टोबेगोमा हुने प्रतियोगिता सेप्टेम्बर १० सम्म हुनेछ । सन्दीप आवद्ध जमैकाको पहिलो खेल भने अगस्त १९ मा हुनेछ ।