Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    खुशीको खबर

    जिल्ला अस्पताल खोटाङमा थाइराइड जाँच सेवा सुरु

    जिल्ला अस्पताल खोटाङमा थाइराइड जाँच सेवा सुरु


    • बुधवार, श्रावण १४ २०७७

    • नेपाल वाइड


    जिल्ला अस्पताल खोटाङमा थाइराइड जाँच सेवा सुरु
    जिल्ला अस्पताल खोटाङ

               जिल्ला अस्पताल खोटाङमा थाइराइड जाँच सेवा सुरु गरिएको छ । चार लाखमा इम्यूनोयासी एनालाइजर उपकरण ल्याएर जिल्ला अस्पतालले थाइराइड परिक्षण सेवा सुरु गरेको हो । थाइराइडको समस्या पहिचान एवं उपचारका लागि अन्यत्र जानुपर्ने वाध्यता अन्त्याका लागि जिल्ला अस्पतालमै उपकरण ल्याएर सेवा सुरु गरिएको जिल्ला अस्पताल खोटाङका प्रमुख रविनकुमार फुयाँलले बताउनुभयो ।

             जिल्ला अस्पतालमै परिक्षण गर्ने उपकरण उपलव्ध भएपछि थाइराइडका बिरामी लाभान्वित भएका छन् । उपकरणका माध्यमबाट रक्त परिक्षण गर्दा करिब आधा घण्टामा थाइराइडको रिपोर्ट आउने अस्पतालले जनाएको छ ।

           थाइराइडका समस्या भएका बिरामीको चापलाई ध्यानमा राखेर जिल्ला अस्पतालमा परिक्षण उपकरण व्यवस्था गरेर गत साउन १ गतेदेखि थाइराइड परिक्षण सेवा सुरु गरिएको हो । हालसम्म पाँच/छ जना बिरामीले थाइराइडको परिक्षण गराइसकेको जिल्ला अस्पतालका प्रमुख फुयाँलले बताउन्भयो ।

          ‘थाइराइडका बिरामी आउनुहुन्थ्यो तर परिक्षण गर्ने उपकरण नहुँदा अन्यत्र पठाउनुपर्ने बाध्यता थियो,’ प्रमुख फुयाँलले भने, ‘उपकरणको व्यवस्था भएपछि यही परिक्षण हुन्छ र उपचार पनि यही हुन्छ । अवका दिनमा थाइराइडको परिक्षणका लागि अन्यत्र जानुपर्दैन ।’
    स्वास्थ्यकर्मीका अनुशार थाइराइड ग्रन्थीबाट उत्पादन हुने हर्मोनमा हुने घटबढका कारण स्वास्थ्यमा थाइराइडको समस्या निम्तिने गरेको छ ।

    thyroid treatment in khotang (starts) photo_khotang nepalwide.jpg

    थाइराइड परिक्षणका लागि जिल्ला अस्पतालमा ल्याइएको उपकरण ।

     

    सम्बन्धित समाचार