Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    सरकारले राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा सिलवाललाई  नियुक्त

    सरकारले राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा सिलवाललाई  नियुक्त


    • मंगलवार, श्रावण १३ २०७७

    • नेपाल वाइड


    सरकारले राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा  सिलवाललाई  नियुक्त

           सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा रमेशकुमार सिलवाललाई  नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सिलवाललाई चार वर्षका लागि सदस्यसचिवमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।

           खेलकुद विकास ऐन २०७७ अनुसार बैठकले निवर्तमान सदस्यसचिव सिलवाललाई नै नियुक्त गरेको हो । सदस्यसचिवका लागि २७ जनाले दरखास्त दिएकोमा सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको थियो ।

           सिलवालसँगै भलिबल टिमकी पूर्व कप्तान अन्जु श्रेष्ठ र नेकपाका केन्द्रीय सदस्य समेत रहेका लिलबहादुर थापालाई सदस्यसचिवका लागि सिफारिस गरिएको थियो । त्यस्तै शिव कोइराला राखेपको उपाध्यक्षमा नियुक्त भएका छन् ।

    कोइरालाले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को प्रचार प्रसार विभाग संयोजकको जिम्मेवारी निर्वाह गरेका थिए ।

    सम्बन्धित समाचार