Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    थापालाई कांग्रेसमा सह- महामन्त्रीको जिम्वेवारी

    थापालाई कांग्रेसमा सह- महामन्त्रीको जिम्वेवारी


    • मंगलवार, श्रावण १३ २०७७

    • नेपाल वाइड


    थापालाई कांग्रेसमा सह- महामन्त्रीको जिम्वेवारी

              नेपाली कांग्रेसले राप्रपा छाडेर पार्टी प्रवेश गरेका सुनिल थापालाई सहमहामन्त्री बनाएको छ। सभापति शेरबहादुर देउवाले थापालाई सहमहामन्त्री पद दिएको बताएका हुन् ।

            थापासँगै नेपाली काँग्रेस प्रवेश गरेका सयौं राप्रपाका नेताहरुलाई मंगलबार नेपाली कांग्रेसको मुख्यालय सानेपामा आयोजित पार्टी प्रवेस कार्यक्रममा नेपाली कांग्रेसका सभापती शेरहादुर देउवा बरिष्ठ नेता रामचन्द्र पौडेल, उप–सभापती विमलेन्द्र निधि लगायतका नेताहरुले सदस्यता समेत वितरण गरेका छन ।

            त्यस्तै अन्य नवप्रवेसी अन्य नेताहरु सिन्धुपाल्चोकका विष्णुविक्रयम थापा, भोजपुरका बाबुराम बस्नेत, बाराका बृजलाल यादव र काठमाडौंका किरण गिरीलाई केन्द्रीय सदस्य बनाउने सहमति भैसकेको छ ।

            पार्टी प्रवेश गर्ने शुनिल थापा , विष्णु विक्रम थापा ,बाबुराम बस्नेत , रामकृष्ण भट्टराई, वृजलाल यादव, दिलिप राई, राज्यलक्ष्मी श्रेष्ठ, कैलालीका आशाराम चौधरी, संखुवासभाका चन्द्रकुमार घुण्डे गुरुङ, चतुरमान विश्वकर्मा लगायतलाई नेपाली कांग्रेसको सदस्यता प्रदान गरिएको हो ।

    सम्बन्धित समाचार