Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    अग्नि पिडित कटवाललाई खोटाङ यातायात प्रालिकाे आर्थिक सहयोग

    अग्नि पिडित कटवाललाई खोटाङ यातायात प्रालिकाे आर्थिक सहयोग


    • सोमवार, श्रावण १२ २०७७

    • नेपाल वाइड


    अग्नि पिडित कटवाललाई  खोटाङ यातायात प्रालिकाे आर्थिक सहयोग

              खोटाङ यातायात प्रालिका कोषाध्यक्ष एबम् अग्नि पिडित गोबिन्द कटवाललाई आर्थिक सहयोग उपलब्ध गराएको छ । यातयात ब्यबसायी तथा कर्मचारीहरुबाट सहयोग स्वरुप संकलन गरिएको १ लाख २६ हजार ८ सय ८५ रुपैया आर्थिक सहयोग उपलब्ध गराईएको हो ।

            संकलित रकम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दिपनारायण रिजाल र उद्योग वाण्ज्यि महासंघ खोटाङका अध्यक्ष उपिन कुमार राईले पिडित कटवाललाई हस्तान्तरण गर्नुभएको छ ।

            सहयोग रकम हस्तान्तरणकाक्रममा खोटाङ यातायात प्रालिका महासचिब राम हिङमाङलगायत अन्य पदाधिकारीहरुको उपश्थिती रहेको खोटाङ यातायात प्रालिले जनाएकाे छ । यस अघि अग्नि पिडितका लागि खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषबाट १० हजार र प्रदेश नं. १ का प्रदेशसभा सदस्य रामकुमार राई पासाङले ब्यक्तिगत रुपमा पाँच हजार रुपैयाँ सहयोग प्रदान गर्नुभएको थियो ।

           गत साउन ७ गते दिउँसो करिब ५ बजेको समयमा मिटर बक्सबाट विधुत सर्ट भई आगलागी हुँदा कटवालको घर पुर्णरुपमा क्षेत्ति भएको छ । आगलागीबाट भाडावर्तन, लत्ताकपडा, काठपात जल्दा करीव ४० लाखको क्षति भएको थियो । अग्नि पिडित कटवालको परिवार हाल जलेको घरको भुईतलाको किचनमा कष्टपुर्ण तरिकाले बसिरहेका छन ।

    सम्बन्धित समाचार