Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    हलेसी तुवाचुङ नगरपालिकाका ६५ घर परिवारलाई खाद्यान्न प्रदान

    हलेसी तुवाचुङ नगरपालिकाका ६५ घर परिवारलाई खाद्यान्न प्रदान


    • आइतवार, श्रावण ११ २०७७

    • नेपाल वाइड


    हलेसी तुवाचुङ नगरपालिकाका ६५ घर परिवारलाई खाद्यान्न प्रदान

       राङज्यूङ येशे शेनफेनले उपलव्ध गराएको खाद्यान्न वितरणकाक्रममा स्थानीयसँग उपमेयर बिमला राई ।

              राङज्यूङ येशे शेनफेन नामक सामाजिक संस्थाले खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका ६५ घर परिवारलाई खाद्यान्न प्रदान गरेको छ । सेतो गुम्बा बौद्ध काठमाण्डौं अन्तरगतको सामाजिक संस्था राङज्यूङ येशे शेनफेनले हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका ४३ घर परिवार र हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका २२ घर परिवारलाई ३०/३० केजीका दरले चामल प्रदान गरेको हो ।

             हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राईको समन्वय र आग्रहमा राङज्यूङ येशे शेनफेनले विपन्न परिवारलाई लक्ष्यीत गर्दै खाद्यान्न सहयोग गरेको हो । शनिबार डिकुवाको वफ्लाङ र च्यास्मीटारमा कार्यक्रम गरी संस्थाले उपमेर राईकै हातबाट विपन्न स्थानीयलाई चामल हस्तान्तरण गरेको जनाएको छ ।

             च्यास्मीटारमा एकल महिला, एकल पुरुष, विपन्न दलित परिवारलाई प्राथमिकतामा राखेर चामल वितरण गरिएको उपमेयर राईले बताईन् ।
    केही समयअघि हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित महेन्द्रोदय माविमा अध्ययनरत विद्यार्थीका ८८ परिवारलाई चामल, दाल, नुन, तेल र मस्यौरा प्रदान गरेको संस्थाले उपमेयर राईको आग्रहमा थप ६५ घर परिवारलाई खाद्यान्न उपलव्ध गराएको हो ।

            महेन्द्रोदय माविका कक्षा १ देखी कक्षा ६ सम्म अध्ययनरत विधार्थीलाई २०७५ सालदेखी बेला–बेलामा निःशुल्क स्टेशनरी र नियमित टिफिन (खाजा) खुवाउदै आएको सो संस्थाले लकडाउनकाबेला तिनै विद्यार्थीका अभिभावकलाई गत असार १२ गते खाद्य सामग्री प्रदान गरेको थियो ।

    सम्बन्धित समाचार