शनिवार, श्रावण १० २०७७
नेपाल वाइड
प्रदेशसभा सांसद राजन राई ।
प्रदेशसभा सांसद राजन राईले प्रधानन्यायधिसलाई राजीनामा गर्न वा महाअभियोगको सामना गर्न चेतावनी दिनुभएकाे छ । श्रीमती हत्या अभियोगमा कैंद सजाय भोगिरहेका सशस्त्र प्रहरीका पुर्वडिआइजी रञ्जन कोईरालालाई छुट दिने आदेश दिएकोप्रति असन्तुष्टी जनाउँदै प्रदेशसभा सांसद राईले प्रधानन्यायधिसलाई पदबाट राजीनामा दिन वा महाअभियोगको सामना गर्न तयारी रहन चेतावनी दिनुभएकाे हाे ।
गम्भीर आरोप (सत्य–असत्य) लाग्ने वित्तिकै सभामुख पदमुक्त भएको मुलुक भएको उल्लेख गर्दै सांसद राईले कोईरालालाई छुट दिन गरिएको फैसलाले गम्भीर असन्तुष्टी पैदा गरेकाले प्रधानन्यायधिस पनि पदमुक्त हुने बताउनुभएकाे छ ।
‘गम्भीर आरोप लाग्ने बित्तिकै सभामुख पदमुक्त भएको मुलुक हो यो । प्रधानन्यायाधीश किन नहुने,’ सांसद राईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कि राजीनामा दिनुहोस् कि महाअभियोगको सामना गर्नुहोस् । महाअभियोग त संसदले पक्कै लगाउछ । संसद र सरकार जनताभन्दा ठूलो हो र ?’
श्रीमती हत्यामा जेलमा रहेका कोईरालाले छुट पाएकोप्रति खोटाङकै पुर्वसभासाद समिता कार्कीले पनि असन्तुष्टी जनाएकी छन् । कार्कीले ‘न्याय हराएको मेरो देश । धिक्कार छ’ लेखेकी छन् ।