Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    पानी जमेको खाल्डोमा डुबेर झापामा तीन जना बालकको मृत्यु

    पानी जमेको खाल्डोमा डुबेर झापामा तीन जना बालकको मृत्यु


    • बिहिवार, श्रावण ८ २०७७

    • नेपाल वाइड


    पानी जमेको खाल्डोमा डुबेर झापामा तीन जना बालकको मृत्यु

            झापाको भद्रपुरमा पानी जमेको खाल्डोमा डुबेर तीन जना बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका– २ पृथ्वीनगर स्थित कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माणस्थलमा खनिएको पोखरीमा डुबेर तीन जना बालकको मृत्यु भएको हो ।

            भद्रपुर–२ डिगाउँका १० वर्षका अंकुश तामाङ, भद्रपुर–२ बस्ने कमला थामीका दुई जना छोरा अन्दाजी १२ र १४ वर्षका करण र अर्जुन थामी पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बुधबार दिउँसो तीनै जना बालक कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माण स्थलमा खनिएको पोखरीमा गएका थिए ।

             घरमा कसैलाई खबर नगरि गएका तीन जना बालक अबेरसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा बुधबार साँझ ७ बजे तामाङको शव पोखरीमा डुबेको अवस्था फेला परेको थियो । बिहीबार बिहान थामी दाजुभाइको शव पनि त्यही पोखरीबाट फेला पारिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राकेश थापाले जानकारी दिए ।

    सम्बन्धित समाचार