Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    दिप्रुङ चुईचुम्मा गाउँपालिद्धारा टोल–टोलमा शिक्षक खटाएर पठन–पाठन सुचारु

    दिप्रुङ चुईचुम्मा गाउँपालिद्धारा टोल–टोलमा शिक्षक खटाएर पठन–पाठन सुचारु


    • बुधवार, श्रावण ७ २०७७

    • नेपाल वाइड


    दिप्रुङ चुईचुम्मा गाउँपालिद्धारा टोल–टोलमा शिक्षक खटाएर पठन–पाठन सुचारु
    फायल तस्बिर

          खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले लकडाउनका कारण अवरुद्ध विद्यालयको पठन–पाठन सुचारु गराएको छ । लकडाउनका कारण शिक्षण सिकाई क्रियाकलाप अवरुद्ध भएको अवस्थामा गाउँपालिकाले ७ वडाका टोल–टोलमा २७६ शिक्षक/ शिक्षिकालाई पहिचालन गरेर बुधबारदेखि पठन–पाठन सुचारु गराएको हो ।

           असार मसान्त बित्दा समेत कोभिड–१९ को अशर नघट्दा शैक्षिक क्यालेण्डर नै तलमाथि हुने अवस्था आएकाले गाउँपालिकाले सामाजिक दुरी कायम गरेर १५१ वटा केन्द्र निर्धारण गरेर पठन–पाठनलाई सुचारु गराएको जनाएको छ । कोभिड–१९ का कारण ठप्प शैक्षिक क्रियाकलापलाई टोल–टोलमा विषयगत शिक्षक खटाएर सुचारु गराइएको गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताउनुभयाे ।

            टोलमा पुग्ने शिक्षक÷शिक्षिका तथा विद्यार्थीका लागि मास्क, ग्लोव्स र सेनीटाइजरको प्रयोग अनिवार्य गरिएको छ । शैक्षित्र–सत्र सुरु भएको तीन महिना बितेपछि गाउँपालिकाले विषयगत शिक्षकलाई टोल–टोलमै पठाएर पठन–पाठनलाई अघि बढाउने बिकल्प छानेको हो । टोलमा पुग्ने विषय शिक्षकले सबै विद्यार्थीलाई पायक पर्ने स्थानमा विद्यार्थीलाई भेला गरेर आफ्नो विषयको पठन–पाठन गराउने व्यवस्था मिलाइएको छ ।

             खटिएका शिक्षकले पायक पर्ने विद्यालय, आमा समुह, सचेतना केन्द्रको भवन, व्यक्तीकै घर, पाटी लगायतका ठाउँमा भेला भएका विद्यार्थीलाई पढाउने छन्, होमवर्क दिने छन् र मूल्यांकन गर्ने छन् । एक टोलको फरक–फरक स्थानमा दैनिक कक्षा १ देखि कक्षा १० सम्मका एक÷एक विषयको मात्र पठन–पाठनको व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष राईले बताउनुभयाे ।

           दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ४८ विद्यालयमा ५ हजार ५१२ विद्यार्थी अध्ययनरत छन् । कोरोना भाइरसका कारण विद्यार्थीमा परेको मनोवैज्ञानिक अशर न्यूनीकरण गर्दै शिक्षक–विद्यार्थीबीचको लामो ‘ग्याप’ कम गर्नका लागि विद्यालय कक्षाको बिकल्प अघि सारिएको हो । शैक्षिक–सत्रको सुरुबाट पठन–पाठन गर्न नसकिएकाले यसपल्टको वर्षे विदा कटौती गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ । ‘बैसाखबाट सुरु हुनुपर्ने पठन–पाठन हालसम्म ठप्प रह्यो । हालसम्म सिकाई उपलव्धी शुन्य छ ।

          विद्यार्थीमा पढ्ने बानी हट्दै जान थालेको छ,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘तत्काल नै यो कोरोना संक्रमण अन्त्या हुने अवस्था पनि देखिन्न । महामारी रहिरह्यो भन्दैमा सिकाई उपलव्धीबिना विद्यार्थीलाई माथिल्लो कक्षामा अपग्रेड गर्ने कुरा पनि भएन । त्यही भएर सामाजिक दुरी कायम गरेर पठन–पाठन सुचारु गरिएको हो ।’

    teaching in luck down at diprung (started) photo_khotang.jpg

    दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मामा व्यक्तीको घरमा पठन–पाठन गराउँदै कृष्ण माबिका शिक्षक 

    सम्बन्धित समाचार