सोमवार, श्रावण ५ २०७७
नेपाल वाइड
जल तथा मौसम विज्ञान विभागले नेपालमा अझै पाँच दिन भारी वर्षा हुने बताएको छ । विभागले नेपाली आकाशमुनि न्यून चापीय रेखा आएर बसेको र यो रेखा नहटेसम्म झरी पर्ने जनाएको छ ।
नेपालमा प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, बाग्मती प्रदेश, प्रदेश ५ र सुदरपश्चिम प्रदेशमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पछिल्लो २४ घण्टामा नेपालका अधिकांश स्थानमा पानी परेको जनाइएको छ ।
विभागमा महानिर्देशक सरजुकुमार वैद्यका अनुसार न्यून चापीय रेखा पश्चिमबाट पूर्वतिर सरेकाले पूर्वीपहाडी क्षेत्रमा भारी वर्षा हुने सम्भावना छ ।