Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    पार्टीबाट निकालिएकी नेतृ सरिता गिरीको मुद्दामा आज सर्बोच्च अदालतमा सुनुवाइ हुँदै

    पार्टीबाट निकालिएकी नेतृ सरिता गिरीको मुद्दामा आज सर्बोच्च अदालतमा सुनुवाइ हुँदै


    • आइतवार, श्रावण ४ २०७७

    • नेपाल वाइड


    पार्टीबाट निकालिएकी नेतृ सरिता गिरीको मुद्दामा आज सर्बोच्च अदालतमा सुनुवाइ  हुँदै

           समाजवादी पार्टीबाट निकालिएकी नेतृ सरिता गिरीको मुद्दामा आज सर्बोच्च अदालतमा सुनुवाइ हुँदैछ । न्यायाधीशहरू हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासमा गिरीको मुद्दामा आज सुनुवाइ हुन लागेको हो ।

            समाजवादी पार्टीले संविधान संशोधनको पक्षमा मतदान गर्न जारी गरेको ह्वीप नमानेको भन्दै गिरीलाई पार्टीको साधारण सदस्य र संसद् सदस्यबाट हटाउने निर्णय गरेको थियो । त्यसविरूद्ध गिरीले २८ असारमा पार्टी, संसद् सचिवालय लगायतलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट हालेकी छन् ।

           उनले आफूमाथिको कारबाही कानून विपरीतको भएको दाबी गर्दै कारबाही गर्ने निर्णय बदर गर्न माग गरेकी छन् । सरकारले लिम्पियाधुरा समेत समेटेको नयाँ नक्शा जारी गरेपछि त्यसलाई नेपालको निशान छापमा समेट्न भएको संविधान संशोधनमा गिरी मतदान नगरी संसद् भवनबाट बाहिरिएकी थिइन्।

    सम्बन्धित समाचार