शनिवार, श्रावण ३ २०७७
नेपाल वाइड
सुनसरीको घुस्कीमा तस्कर र सशस्त्र प्रहरीबिच झडप भएको छ । भारतीय सिमावर्ती हरिनगर गाउँपालिका वडा नम्बर ७ मा तस्कर समूहले सशस्त्र प्रहरीमाथि आक्रमण गरेपछि झडप भएको हो ।
भारत तर्फबाट तस्करी गरी ल्याइएको सामान शसस्त्र प्रहरीले रोकेको भन्दै सुरक्षाकर्मीमाथि ढुङगामुडा हानेका थिए । सशस्त्र प्रहरी ४ नम्बर गण सुनसरीका प्रमुख एसपी कृष्ण ढकालका अनुसार ८ सय बढीको समूहले सुरक्षाकर्मी माथि ढुङगामुडा सहित कुटपिटमा उत्रिएको थिए ।
तस्करको कुटाईबाट सशस्त्र प्रहरी जवान जिवराज विसुन्खे घाइते भएका छन् । उनको टाउको र ढाडमा गम्भिर चोट रहेको एसपी ढकालले जानकारी दिनुभयो । रातीको समयमा ड्युटीमा रहेका सुरक्षाकर्मीमाथि आक्रमण हुन थालेपछि उक्त समूहलाई सम्झाएर हटाउन खोजेपनि अवस्था साम्य नहुँदा गोली चलेको बतानउनुभयो । ढकालका अनुसार तस्कर समूहले हतियारनै खोस्ने प्रयत्न गरिरहँदा लोड गरिएको बन्दुक पड्किएको बताउनुभयो ।
हतियार खोस्ने प्रयासमा रहेका घुस्कीका २० वर्षिय सवाद अन्सारीको पेटमा गोली लागेको सशस्त्र प्रहरीले जनाएको छ । घाइते सशस्त्र प्रहरी र घाइते सशस्त्र प्रहरीको धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ । विओपीमै आएर आक्रमण गरिनुलाई सशस्त्र प्रहरी ४ नम्बर गण सुनसरीले गम्भिर रुपमा लिएको छ । उसले तस्कर र तस्करीका सामानलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले चाल्दै आएका कदम विरुद्ध बारम्बार अवरोध हुँदै आएको जनाएको छ ।