Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    ४८ ज्येष्ठ नागरिक सम्मानित

    हलेसी तुवाचुङ नगरपालिकाद्धारा एकल तथा विपन्न महिलालाई बाख्रा र सुँगुरको पाठो वितरण 

    हलेसी तुवाचुङ नगरपालिकाद्धारा एकल तथा विपन्न महिलालाई बाख्रा र सुँगुरको पाठो वितरण 


    • शनिवार, श्रावण ३ २०७७

    • नेपाल वाइड


    हलेसी तुवाचुङ नगरपालिकाद्धारा एकल तथा विपन्न महिलालाई बाख्रा र सुँगुरको पाठो वितरण 

                  खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले तीन वडाका एकल महिला तथा आमा समुहमा आवद्ध विपन्न महिलालाई बाख्रा र सुँगुरको पाठो वितरण गरेको छ । महिलालाई आर्थिकरुपमा आत्मनिर्भर बनाउनका लागि हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा, हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा र हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेका एकल महिला तथा आमा समुहलाई बाख्रा र सुँगुरको पाठो वितरण गरिएको हो ।

              एकल महिला तथा समुहमा आवद्ध विपन्न महिलालाई आयआर्जनमा टेवा पुर्‍यउँदै आर्थिकरुपमा आत्मनिर्भर बनाउने अभियान अन्तरगत नगरपालिकाको एकल महिला कोष र महिला आयआर्जनका लागि टेवा कार्यक्रमबाट प्रतिमहिला एक/एक वटा सुँगुरको पाठो र बाख्रा वितरण गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले यसअघि, च्यास्मीटार, राजापानी, धितुङ लगायतका वडाका एकल महिला तथा विपन्न महिलालाई बाख्रा तथा सुँगुर पाठो वितरण गरिसकेको छ ।

           बाहुनीडाँडाका १६ जना एकल महिलालाई सुँगुरको पाठो र चार एकल महिलालाई बाख्रा वितरण गरिएको छ । डिकुवाका ४६ जना एकल महिलालाई सुँगुरको पाठो र चार जना एकल महिलालाई बाख्रा वितरण गरिएको नगरपालिकाले जनाएको छ । डिकुवाकै आमा समुहमा आवद्ध १८ विपन्न महिलालाई सुँगुरको पाठो र बाख्रा वितरण गरिएको छ । यस्तै, बडहरेका १८ एकल महिला र ६ जना विपन्न महिलालाई बाख्रा वितरण गरिएको छ ।

            तीन वटै वडामा आयोजित कार्यक्रममा नगरपालिकाका मेयर इवन राई र उपमेयर बिमला राईले एकल महिला र आमा समुहमा आवद्ध विपन्न महिलालाई सुँगुरको पाठो र बाख्रा वितरण गरेका हुन् । एकल महिला कोष र महिला आयआर्जनका लागि टेवा कार्यक्रमको १५ लाख बजेटबाट नगरपालिकाका विभिन्न वडाका एकल महिला र आमा समुहमा आवद्ध महिलालाई बाख्रा र सुँगुरको पाठो निःशुल्क प्रदान गरिएको हो ।

          बडहरेकै पातिखर्क र बडहरेका आमा समुहलाई एक/एक वटा कुटानी–पिसानीको मिल समेत प्रदान गरिएको छ । सोही कार्यक्रममा बडहरेका युवालाई खेलकुदका सामग्री समेत प्रदान गरिएको वडाध्यक्ष किशोर बस्नेतले बताउनुभयाे ।

    Sport Materials.jpg

           यसैबीच, बडहरेका ८० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । ज्येष्ठ नागरिकप्रति सम्मान दर्शाउँदै आदर्श पात्रकारुपमा स्थापित गर्ने लक्ष्यकासाथ वडा कार्यालयले ८० वर्ष नाघेका ४८ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो ।

           ज्ञान र अनुभवको श्रोतकारुपमा ८० वर्ष नाघेका वडाका २७ बृद्ध र २१ बृद्धालाई श्रद्धाकासाथ दोसल्ला र खादा ओढाएर हर्लिक्स प्रदान गर्दै सम्मान गरिएको हो । अविभावकको रुपमा क्रियासिल रहेर समाज परिवर्तनमा रचनात्मक, सृजनात्मक भुमिकाको अपेक्षा गर्दै ज्येष्ठ नागरिकलाई सम्मान गरिएको वडा कार्यालयले जनाएको छ ।

    Samman.jpg

    सम्बन्धित समाचार